फुटबल प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक

0
294
अर्जुनधारा । 
गत कात्तिक ११ गतेदेखि २१ गतेसम्म झापाको अर्जुनधारा नगरपालिका–९ स्थित नमूना खेल मैदानमा सञ्चालन भएको मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरिय भेट्रान्स नकआउट फुटबल प्रतियोगिता–२०८२ को आय–व्यय विवरण शनिबार सार्वजनिक गरिएको छ ।
आयोजक गोलधाप युवा क्लबका अध्यक्ष सुरेन राईको अध्यक्षतामा आयोजित कार्यक्रममा क्लबका सचिव भूपालराज कार्कीले प्रतियोगिताको आय–व्यय विवरण प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदन अनुसार प्रतियोगिताको जम्मा आम्दानी पाँच लाख ८० हजार चार सय ३३ रुपैयाँ, जम्मा खर्च चार लाख ५३ हजार चार सय ३० रुपैयाँ र जम्मा बचत एक लाख २७ हजार तीन रुपैयाँ उल्लेख गरिएको छ ।
बचत भएको रकमलाई क्लबले स्थापना गर्ने अक्षयकोषमा राख्ने तथा युवा लक्षित सीपमूलक एवम् सामाजिक गतिविधि सञ्चालन गर्न लगानी गरिने क्ल्बका अध्यक्ष राईले जानकारी दिए । कार्यक्रममा नमूना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जागिरमान राईलगायतको आतिथ्यता रहेको थियो ।
क्लबका उपाध्यक्ष पूर्ण राजवंशीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सदस्य मौसम मगर “लाफा”ले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here