जेन–जी आन्दोलनका बेला फरार थुनुवा चार महिनापछि दमकबाट पक्राउ

0
33

झापा , जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्षबाट फरार भएका थुनुवा चार महिनापछि पुनः प्रहरीको नियन्त्रणमा परेका छन् ।
प्रहरीका अनुसार गत भदौ २४ गते भएको जेन–जी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्षबाट भागेका सवारी ज्यान मुद्दाका थुनुवा आङदावा शेर्पा पक्राउ परेका हुन् ।
तेह्रथुमको लालिगुँरास नगरपालिका–४ निवासी २५ वर्षीय शेर्पालाई पुस ७ गते बिहान करिब ९ बजेर ४० मिनेटको समयमा दमक नगरपालिका–६ क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो । पक्राउपछि शेर्पालाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न पुनः इप्रका दमकमा ल्याइएको छ ।
प्रहरीका अनुसार फरार रहँदा उनी कहाँ–कसरी बसेका थिए भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ । जेन–जी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट थुनुवा फरार भएको घटनालाई गम्भीर रूपमा लिइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here