सिन्धुलीमा बुहारीको हत्या : पेट्रोल छर्केर जिउँदै जलाइयो

0
31

झापा । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराबजारमा घटेको एक अमानवीय घटनाले समाजलाई स्तब्ध बनाएको छ। घरभित्रै पेट्रोल छर्केर आगो लगाउँदा ३२ वर्षीया शुसिला थिङ जिउँदै जलेर मारिएकी छन्।

घटनालाई सुरुमा आत्मदाहको रूपमा देखाउने प्रयास भए पनि प्रारम्भिक अनुसन्धानले यो घटना सुनियोजित हत्या भएको देखाएको छ। प्रहरीका अनुसार शुसिलामाथि उनकी सासु र नन्दले पेट्रोल छर्की आगो लगाएर हत्या गरेका हुन् भन्ने तथ्य बाहिर आएको छ।

शुसिला लामो समयदेखि घरेलु हिंसा र मानसिक यातनाको सिकार बन्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। निरन्तरको पारिवारिक तनाव र दुव्र्यवहार अन्ततः उनको ज्यान जाने कारण बनेको प्रहरीको निष्कर्ष छ।

घटनापछि प्रहरीले शुसिलाकी सासु र नन्दलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। यसैबीच, दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीयवासी आक्रोशित बनेका छन्। उनीहरूले आज प्रशासन कार्यालय घेराउ गर्दै धर्ना दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here