माईजोगमाई,माईजोगमाई गाउँपालिकामा पहिलोपटक सोधपुछ तथा सहायता कक्ष स्थापना गरिएको छ। गाउँपालिका अध्यक्ष कुशबहादुर थेबे, उपाध्यक्ष प्रविना राई र प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले संयुक्त रूपमा उक्त कक्षको उद्घाटन गर्नुभएको हो।
स्थापित सहायता कक्षले गाउँपालिकाका सेवाहरु सम्बन्धी जानकारी सेवा ग्राहीसम्म सहज रूपमा पुर्याउने उद्देश्य राखेको छ। यस कक्षमार्फत अब सेवाग्राहीहरूले कुन सेवा कहाँबाट, कसरी प्राप्त गर्ने भन्ने स्पष्ट जानकारी पाउनेछन्।
गाउँपालिकाले जनाएको छ, यस कक्षको स्थापना पश्चात सेवाग्राहीहरूले अलमलको अनुभव नगरी सहज रूपमा सेवा प्राप्त गर्न सक्नेछन्। साथै, सेवा प्रदायकहरूले पनि सेवाहरू प्रभावकारी रूपमा प्रवाह गर्न सक्नेछन्। यसले सेवा ग्राही र सेवा प्रदायकबीचको सम्बन्धलाई अझ सुमधुर र पारदर्शी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।
आजदेखि माईजोगमाई गाउँपालिकामा यो सहायता कक्ष सञ्चालनमा आएको छ, जसले स्थानीयवासीका लागि सेवाप्रदायलाई सरल र पारदर्शी बनाउने छ।































