झापा ।

झापाको काँकरभिट्टामा भन्सार छलेर भित्राइएको करिब ७ लाख मुल्य बराबरको लत्ताकपडा प्रहरीले बरामद गरेको छ ।
मेचीनगर नगरपालिका-६ बसपार्क नजिक जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधवार सो मुल्य बराबरको सामान बरामद गरेको हो ।
प्रहरी टोलीले अवैध रुपमा भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको सर्ट, पाइन्टको थानको कपडा, र सारी गरी अन्दाजी ६ लाख ९४ हजार ९०० रुपैयाँ बराबरको सामान बरामद गरेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।































