दुवागढी साना किसान कृषि सहकारीको सभा

0
33

चारआली ।

झापाको चारआलीस्थित दुवागढी साना किसान कृषि सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष डिल्लीराम भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी झापाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा मेचीनगर १४ का वडाध्यक्ष बाबुलाल सुब्बा, राष्ट्रिय सहकारी बैंक मेचीनगर प्रमुख प्रेमकुमार श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।

सोही अवसरमा संस्थाले आफ्ना ९ जना उत्कृष्ट सदस्यहरूलाई सम्मान गरेको छ। सम्मानित हुनेहरूमा उत्कृष्ट ऋणीमा सावित्रा करुवा, उत्कृष्ट ज्येष्ठ सदस्यमा दिननाथ दुलाल, उत्कृष्ट बचतकर्ता सुनिता चौधरी, उत्कृष्ट सदस्यमा प्रमिला राजवंशी, उत्कृष्ट खेलाडी बचतमा विद्या खड्का, उत्कृष्ट विद्यार्थी बालबचतकर्तामा कक्षा ८ मा ३.७४ जीपीए ल्याउने कल्पना खनाल, उत्कृष्ट कर्मचारीमा सुष्मा भट्टराई, (बजार प्रतिनिधि) यस्तै पूर्वध्यक्ष हरि घिमिरे र पूर्व लेखा समिति संयोजक सिर्जना सुवेदी रहेका छन्।

उनीहरुलाई जनही दुई हजार रुपैंयासहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो। सोही अवसरमा संस्थाको कुल ११ करोड ७१ लाख ९७ हजार, पाँच सय ९४ रुपैयाँ ४९ पैसा बराबरको आर्थिक वर्ष २०८२ असार मसान्तसम्मको वित्तीय स्थितिको विवरण प्रस्तुत गरिएको थियो। संस्थाकी लेखा समिति संयोजक रेणुका गुरागाइले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा स्वागत उपाध्यक्ष मैया सुवेदीले गरेकी थिइन् भने सहजीकरण संस्थाका प्रमुख व्यवस्थापक लक्ष्मी घिमिरेले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here