सुन्दरहरैचा (मोरङ),

मोरङ्गको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक बिद्यालयको प्रधानध्यापकमा हर्कबहादुर देवान नियुक्त भएका छन ।
प्रधानध्यापक तुलसीराम खरेलले स्वेच्छिक अवकास लिएपछि आइतवार बिहान देवानलाई प्रधानाध्यापक नियुक्त गरिएको हो । देवान बेलबारी ११ लक्ष्मीमार्ग निबासी हुन । यसअघि उनी बिद्यालयमा सहायक प्रधानध्यापकका रुपमा रहेका थिए ।
सामुदायिक बिद्यालय तर्फ बेलबारी मात्र नभएर राष्ट्रकै गौरबको रुपमा रहेको लक्ष्मी माद्यमिक बिद्यालयमा कक्षा १२ पढाई भइरहेको छ भने अब निकट भबिष्यमै प्राविधिक बिषय तर्फ पनि अध्यायन अध्यापन गराउने योजना रहेको बिद्यालयले जनाएको छ ।































