खाल्डोमा डुबेर झापा गाउँपालिकामा एक बालकको मृत्यु

0
39

झापा,

झापा गाउँपालिकामा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका-२ सडकवारि बस्ने दिनेश कँडेलका ३ वर्षीय छोरा दिवांस कँडेलको मृत्यु भएको हो ।

खेल्ने क्रममा पानीमा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि बिर्ता सिटी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा  मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here