योगेन्द्र योगी
सुन्दरहरैंचा(मोरङ),

मोरङको बुढीगंगा गाउँपालिका –७ मा २०५९ साल बैशाख २ गते लगभग ९० जनाबाट कक्षा ४ सम्म संचालन गरेकोे आभा ईगलिस स्कूलले विभिन्न उतार चढाउ पार गर्दैे आफ्नो क्षमता अनुसार विभिन्न समयमा ३०० भन्दा बढी बिद्यार्थी भर्ना गर्न सफल भएका छन् । यो विद्यालय हाल कक्षा नर्सरी देखि कक्षा १० सम्म संचालन भइरहेको छ ।
जब यो विद्यालयको क्षमता बृद्धि हुन्छ र अभिभावकहरु पनि स्कूलले प्रदान गर्दै आएको शिक्षा माथिल्लो तहसम्म दिनु पर्छ भन्ने कुरा महसुुुस गर्छन तब यसलाई विभिन्न संकायमा १२ कक्षासम्म बढाउदै लैैजाने लक्ष्य रहेको स्कूलका प्रिन्सिपल भनिरुद चौधरीले बताए।
सरकारी पाठ्यक्रम अनुुसार अद्यापन र विद्यार्थी भर्ना गर्ने अधिकार प्राप्त गर्न र एउटा प्रमाणिक शैक्षिक संस्थाको लागि स्कूल २०५९ सालमा कम्पनी रजिष्टारको कार्यालय, त्रिपुरेश्वर काठमाण्डौ मा दर्ता गर्दै हाल नेपाल सरकार शिक्षा मन्त्रलयको नीति, नियम र कार्यबिधि अनुसार क्रमशः प्रावि, निमावि र माविसम्म शिक्षा कार्यालयहरुबाट अनुमति प्राप्त गरिसकेको प्रिन्सिपल चौधरीले बताए।
शिक्षा महल वा दरबारमा दिए पनि वा झुपडीमा दिए पनि शिक्षाको गुणस्तरमा एकरुपता हुनुपर्छ भन्ने मान्यता बोकेको स्कूलले हाल स्थानीय युवाहरुको सहयोगमा ईटा, सिमेन्ट, टीन, ट्रष्ट र अन्य स्थानीय सामग्रीले निर्माण गरिएको छ । यस विद्यालयको दुई वटा भवनमा २२’÷१६’ फीटको ५ वटा कोठा र १६ ÷१३ फीटको ९ वटा कोठा निर्माण गरिएको छ । बिद्यार्थी बसाई ब्यवस्थापन, विद्यालयको आवश्यक्ता तथा अभिभावकहरुको माग अनुुसार थप भवणहरु निमार्ण गर्ने निर्णय गरेको उनले बताए। स्कूलको भवन, खेलकुद मैदान तथा कृर्षि फर्मको लागि भनेर नहर समेत लगभग १–१५–० जग्गा खरीद गरेको जनाएको छ।
शैक्षिक,अतिरिक्त कृयाकलाप तथा साँस्कृतिक गतिबिधिहरु
नियमित साप्ताहिक पाठ योजना, कक्षा कोठा कृयाकलाप लग बूक निर्माण गरी कक्षा कक्षामा विद्यार्थी केन्द्रित शिक्षण सिकाइ गतिबिधिहरु कमजोर विद्यार्थीहरुको लागि थप कक्षा संचालन । नियमित सिर्जनात्मक लेखन, बक्तृत्वकला अभ्यास, चित्रकला अभ्यास, हस्तलेख्न अभ्यास, मार्सल आर्ट (कराँते) अभ्यास, नृत्य अभ्यास र कृषि कार्यक्रम आदि । नियमित कक्षा अवलोकन तथा प्रति एकाइ, मासिक र त्रैमासिक विद्यार्थी मूल्याङ्कन साँस्कृतिक कार्यक्रम, नृत्य तथा गीत प्रस्तुतिहरु विद्यार्थी प्रतिभा पहिचान र प्रोत्साहन गर्नुका साथै शैक्षिक तथा अतिरिक्त कृयाकलापहरुमा विद्यालयको निरन्तर र सक्रिय सहभागिता जनाउदै विद्यार्थीहरुको अन्तर स्कूल, पालिका, जिल्ला र प्रदेश स्तरमा विभिन्न विधाका कार्यक्रमहरुमा सान्त्वना देखि प्रथम हासिल गरिसकेको छ।
प्रमुख चुनौतीहरू
सीमित भौतिक पूर्वाधारः विद्यालयको भौतिक संरचना, कक्षा कोठा, प्रयोगशाला तथा खेलकुद सामग्री पर्याप्त नहुनु । आर्थिक स्रोतको अभाव। सीमित आर्थिक स्रोतका कारण नयाँ शैक्षिक सामग्री, प्रविधि तथा पूर्वाधार विकासमा कठिनाइ देखिएको छ। प्रविधिमा सीमित पहुँच। सूचना प्रविधि, डिजिटल सिकाइ सामग्री र इन्टरनेटको पूर्ण तथा नियमित पहुँच नहुनुले आधुनिक शिक्षण विधि प्रयोगमा बाधा पुगेको छ । .शिक्षक जनशक्तिको स्थायित्व। दक्ष र अनुभवी शिक्षकलाई दीर्घकालीन रूपमा कायम राख्न चुनौती देखिएको छ ।
अभिभावकको असमान सहभागिता। केही अभिभावकको विद्यालय गतिविधिमा अपेक्षित स्तरको सहभागिता नहुनु समन्वयका लागि चुनौती बनेको छ। प्रतिस्पर्धात्मक शैक्षिक वातावरणः निजी तथा सामुदायिक विद्यालयहरूको बढ्दो प्रतिस्पर्धाका कारण विद्यार्थी भर्ना र संस्थागत दिगोपनमा दबाब सिर्जना भएको छ । तालिम तथा पेशागत विकासको अवसर सीमितः शिक्षकहरूको नियमित तालिम, कार्यशाला तथा पेशागत विकास कार्यक्रम पर्याप्त रूपमा सञ्चालन गर्न कठिनाइ रहेको छ।
प्रशासनिक कार्यभारः सीमित जनशक्तिका कारण प्रशासनिक तथा शैक्षिक दुवै कार्य एकैसाथ व्यवस्थापन गर्न चुनौती रहेको छ। .दीर्घकालीन योजना कार्यान्वयनको कठिनाइः स्पष्ट दीर्घकालीन योजना भए तापनि स्रोत र समयको अभावले त्यसको पूर्ण कार्यान्वयनमा चुनौती देखिएको छ। शिक्षकको निरन्तर क्षमता विकास र तालिमले शैक्षिक गुणस्तर सुधार गर्छ।
अभिभावक–विद्यालय–समुदायको सहकार्यले विद्यार्थीको समग्र विकास सम्भव हुन्छ। अतिरिक्त कृयाकलाप तथा नैतिक मूल्यमा आधारित गतिविधिहरू विद्यार्थी व्यक्तित्व विकासमा प्रभावकारी छन्। आजको डिजिटल युगमा प्रविधिको उचित प्रयोगले शिक्षण–सिकाइ प्रक्रिया अझ प्रभावकारी बनाउँछ। नियमित अनुगमन, मूल्याङ्कन र सुधारात्मक योजनाले विद्यालयको दिगो विकास सुनिश्चित गर्छ।
समग्रमा भन्ने हो भने अभा इङ्ग्लिस स्कुलले शैक्षिक गुणस्तर, नैतिक शिक्षा, अतिरिक्त कृयाकलाप तथा समुदायसँगको सहकार्यमा उल्लेखनीय प्रगति गरेको छ। सीमित स्रोतसाधनका बाबजुद समर्पित नेतृत्व, शिक्षक–कर्मचारीको मेहनत र अभिभावकको सहयोगले विद्यालयले सकारात्मक उपलब्धि हासिल गर्न सफल भएको छ। आगामी दिनमा पहिचान गरिएका चुनौतीहरूलाई सम्बोधन गर्दै नवप्रवर्तन, क्षमता विकास र दिगो योजना मार्फत विद्यालयले अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने विश्वास गर्न सकिने बिद्यालयले जनाएको छ।































