बिर्तामोड, महिला उद्यमी संघ नेपाल झापाको १०औं बार्षिक साधारणसभा सोमवार बिर्तामोडमा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष शर्मिला अधिकारीको अध्यक्षतामा भएको सभाको उद्घाटन प्रमुख अतिथि घरेलु तथा साना उद्योग कार्यालय झापाकी प्रमुख पुष्पलत्ता उप्रेतीले गरेकी थिइन् ।
अध्यक्ष अधिकारीले संस्थाको बार्षिक प्रतिवेदन तथा आगामी योजना सार्वजनिक गरिन् । उनले स्थानीय खेर जाने कच्चापदार्थको सदुपयोग गरी हस्तकलाको सामग्री उत्पादन गरी बजारीकरण गर्नेदेखि महिलाको उद्यमशीलतामा पहुँचबृद्धि गर्नेसम्मका योजना सुनाइन् ।
कार्यक्रममा एक्सेल डेभलपमेन्ट बैंक लि. बिर्तामोडका प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार कट्टेल, सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, सतासी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठ, महिला उद्यमी संघ नेपाल झापाकी संस्थापक अध्यक्ष गोमा भट्टराई, निवर्तमान अध्यक्ष सुष्मा पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष सुनिता दवाडीले सञ्चालन गरेको कार्यक्रममा सहसचिव पुनम अधिकारीले स्वागत गरेकी थिइन् ।
कार्यक्रमका वक्ताले उद्यमशीलतामा महिलाको पहुँच अभिबृद्धि गर्न सिप तथा क्षमताको विकास उत्पादनमा बजारीकरणमा जोड दिए ।
समाजमा महिलाको सामाजिक पुँजी निर्माण अहिलेको आवश्यकता भएको बताउँदै अतिथि वक्ताले उद्यमशीलता उन्मुख सिपले मात्र महिलाको सामाजिक पुँजी निर्माण हुन सक्ने र त्यसतर्फ अघि बढ्नुपर्ने बताए ।
द्यमशीलताका लागि वित्तीय साक्षरता र वित्तीय अनुशासनमा समेत त्यस अवसरमा जोड दिइयो । त्यस अवसरमा संस्थाका नयाँ सदस्यलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।





























