पूर्वनेपालको २५ औं माईन्युट प्रमाणकिरण साधारण सभा

0
22

कमल ।

झापाको कमल गाउँपालिका २ क्याम्पामा मुख्य कार्यालय रहेको पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. को २५ औं माईन्युट प्रमाणकिरण साधारण सभा सम्पन्न भएको छ ।

आज संस्थाको सभाहलमा सम्पन्न सभाको उद्घाटन झापा जिल्ला सहकारी संघका लेखा सुपरिवेक्षण समितिका संयोजक चुडामणी ओझाले उद्घाटन गर्नु भएको थियो ।

२०५७ सालमा स्थापना भएको संस्थाले झापा र मोरङमा गरी १३ वटा सेवा केन्द्र मार्फत सदस्यलाई आर्थिक तथा सामाजिक सेवा प्रदान गर्दै आएको सस्थाले गत आर्थिक वर्ष २०८१/०८२ मा १ अरब ६२ करोड ३६ लाख ७७ हजार ६५९ रुपैया कारोवार गर्न सस्था सफल भएको अध्यक्ष प्रेम सापकोटाले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पछिल्लो समय बैक तथा वित्तिय संस्थामा मात्र नभएर सबै क्षेत्रमा समस्या आएको छ । यसरी बैंक तथा वित्तिय क्षेमा समस्या आउनुको प्रमुख कारण व्यवसाय सञ्चालनमा गारेन्टि नभएकोले समस्या आएको । यो समस्या एउटा मात्र वित्तिय संस्थामा नभएर सबै वित्तिय संस्थामा आएको झापा जिल्ला सहकारी संघ लि. का लेखा सुपरिवेक्षण समितिका संयोजक चुडामणी ओझाले बताउनुभयो ।

अहिलेको यो अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुले कसरी हुन्छ आफ्नो प्रशासनिक खर्च घटाउदै सदस्यलाई प्रदान गर्ने सेवा सुविधा बढाउनु पर्ने हुन्छ । यसलाई मध्य नजर गर्दै सस्थाले आगामी योजनामा खर्च कटौती गर्दै सदस्यलाई प्रदान गर्ने सेवा सुविधा बढाउने योजना ल्याएको छ यो असाध्यै राम्रो कुरा भएको राष्ट्रिय सहकारी बैक लि. दमक शाखाका प्रमुख अर्जुन कार्कीले बताउनु भयो ।

सहकारीले साधारण सभाको अवसरमा गत वर्ष गरिदै आएको सम्मान तथा पुरस्कारलाई समेत निरन्तता दिएको छ । जस अन्तरगत उतकृष्ट कारोवार बचत तर्फ २६ जना,उत्कृष्ट क्रमिक बचत तर्फ ३३ जना, उत्कृष्ट उद्यमी तर्फ २६ जना , उत्कृष्ट कोपिला बचत तर्फ ६८ जना र जेष्ठ सदस्य तर्फ १२ जनालाई सम्मान तथा पुरस्कृत गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रम संस्थाका निमित्त कार्यकारी निर्देशक मिलन सापकोटाले सन्चालन गर्नु भएको थियो भने उपाध्यक्ष याम बहादुर कट्टेलले स्वागत गर्नु भएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here