नेसनल प्याब्सन कोशी प्रदेशको प्रथम विस्तारीत बैठक झापामा सम्पन्न

0
36
योगेन्द्र योगी
सुन्दरहरैचा (मोरङ) ,
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) कोशी प्रदेशको प्रथम विस्तारीत बैठक नेसनल प्याब्सन कोशी प्रदेशका कार्यबाहक अध्यक्ष कमल खनालको अध्यक्षता तथा नेसनल प्याब्सनका केन्दिय सदस्य नारायण ढकालको प्रमुख आतिथ्यता झापामा सम्पन्न भएको छ ।
नेसनल प्याब्सन झापाको सभा हलमा भएको प्रथम विस्तारीत बैठकले बिद्यालय संचालन, व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम गर्ने, आगामी फागुन २ गते झापाको दमकमा प्रदेश स्तरीय लोक नृत्य प्रतियोगिता गर्ने भएको निर्णयनिर्णय नेसनल प्याब्सन कोशी प्रदेशका कार्यबाहक अध्यक्ष खनालले जानकारी दिए।
उनका अनुसार प्रदेश सदस्यमा सन्तोष कुमार राई सुन्दरहरैचा, मोरङ, धिरज नारायण गणेश र प्रविन प्रधान लाई मनोनयन गरिएको बताए । यस्तै, नेसनल प्याब्सन स्थापना दिवस आगामी पौष २७ गते पालिका स्तरमै मनाउने निर्णय भएको छ ।
बैठकले प्रदेशका कार्यबाहक अध्यक्ष खनालकै संयोजकत्व संगठन बिस्तार तथा ब्याबस्थापन गर्ने निर्णय गरेको छ । यसैगरी, बैठकले नियमित बैक गरेर संगठनलाई चलायमान बनाउने निर्णय गरिएको छ ।
बैठक पछि बोल्दै प्रमुख अतिथि ढकालले झापा, मोरङ र सुनसरी जिल्लाकै संयोजनमा बैठक बसेर प्रदेशले महत्वपूर्ण निर्णय भएको भन्दै खुशी व्यक्त गरे । प्रदेश कमिटिमा मनोनित भएका सन्तोष कुमार राईले अब नेसनल प्याब्सन भित्र रहेको बिकृति र विसंगतिको अन्त्य गर्दै संगठन विस्तारमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
बैठकमा नेसनल प्याब्सन झापाका अध्यक्ष धर्मराज माझी, मोरङका अध्यक्ष इन्द्र नारायण शाहा र सुनसरी अध्यक्ष खगेन्द्र केसी लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थिए भने बैठकको सहजीकरण नेसनल प्याब्सन मोरङका सचिव भनिरुद्र चौधरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here