लखनपुर साना किसानको १२औँ वार्षिक उत्सव सम्पन्न

0
99

कमल ।

झापाको कमल गाउँपालिका वडा नम्बर ६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १२ औँ वार्षिक उत्सव मनाएको छ ।

सोहीे अवसरमा आज सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै रक्तदान कार्यक्रम तथा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । संस्थाले आयोजना गरेको रक्तदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा सहकारीका सदस्य तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रम मार्फत मानव जीवन बचाउन रक्तदानको महत्वबारे जानकारी गराउदै समाजका अग्रज जेष्ठ नागरिकलाई सम्मान गर्न सकियोस् भन्ने उद्देश्य कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

सस्थाले आयोजना गरेको कार्यक्रममा ३७ जनाले रक्तदान गर्नु भएको थियो भने ९० वर्ष माथिका ४० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका वडा नम्बर ६ का वडा अध्यक्ष नरेन्द्र भट्टराईका अनुसार ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्नु हाम्रो समाजको दायित्व हो । ज्येष्ठ नागरिकहरू बिना आजको हाम्रो समाजको परिकल्पना गर्न नसकिने वडा अध्यक्ष भट्टराईले बताए ।

कार्यक्रमका अवसरमा संस्थाका अध्यक्षले सहकारी केवल आर्थिक कारोबारमा सिमित नभई समाज प्रति उत्तरदायी बन्नुपर्ने बताउदै सहकारीको मूल भावना नै आपसी सहयोग र सामाजिक सेवा हो । रक्तदान जस्तो पुण्य कार्य र ज्येष्ठ नागरिकको सम्मानले संस्था सामाजिक उत्तरदायीत्व र सामाजिक प्रतिबद्धता झल्काउने कार्यमा सबल रहेको सस्थाका अध्यक्ष सरस्वाती निरौलाले बताइन् ।

सहकारी सस्थाका सल्लाहकार बेनु शिवाकोटीले ९० वर्ष माथिका ज्येष्ठ नागरिक हाम्रो समाजका जीवित इतिहास भएको बताए । सहकारीले आफ्नो वार्षिक उत्सवलाई फरक ढंगले मनाउने सोचका साथ यो वर्ष सामाजिक कार्यक्रम गरेको सस्थाका शिक्षा तालिम उपसमितिका संयोजक सुजिता पोखरेल बताइन् ।

कार्यक्रम संंस्थाका व्यवस्थापक टंक पराजुलीले (कुमार) सञ्चालन गरेका थिए भने उपाध्यक्ष सोभा उप्रेतील स्वागत गरेकी थिइन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here