अष्ट्रेलियाको सिल्भर लाइन कलेजद्वारा बिर्तामोडमा ‘एजेन्ट मिट एण्ड ग्रिट’ कार्यक्रम

0
230

बिर्तामोड ।

पछिल्लो समय उच्च शिक्षाका लागि नेपाली विद्यार्थीको पहिलो रोजाई बनेको अष्ट्रेलियामा सञ्चालित कलेजहरूले आफ्नो क्षमता विस्तार र गुणस्तरलाई ध्यान दिन थालेका छन्।

यसैबीच अष्ट्रेलियाको सिल्भर लाइन कलेजले बढ्दो नेपाली विद्यार्थीको क्रेजलाई लक्षित गरेर गुणस्तरीय शिक्षालाई प्राथमिकता दिएर क्षमता विस्तार गर्ने भएको छ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको आयोजनामा बिर्तामोडमा भएको एक कार्यक्रममा अष्ट्रेलियाको सिल्भर लाइन कलेजले एजेन्ट मिट एण्ड ग्रिट कार्यक्रम गर्दै शैक्षिक अवस्थाको विषयमा जानकारी गराएको हो ।

कार्यक्रममा सिल्भर लाइन कलेजका कोओनर सुनिल उप्रेतीले नेपाली विद्यार्थीका लागि अष्ट्रेलियामा भएको शैक्षिक अवस्थाका विषयमा प्रकाश पारेका थिए । उनले झापाका शैक्षिक परामर्श ब्यवसायीहरुलाई विद्यार्थीको शैक्षिक अवस्था, आर्थिक विषय तथा अप्नाउनुपर्ने प्रक्रियाका विषयमा जानकारी गराएका थिए ।

सोही अवसरमा सिल्भर लाइन कलेजका नेपालस्थित कन्ट्रि म्यानेजर राहुल थापाले नेपालबाट जाने विद्यार्थीको बारेमा जानकारी गराउँदै सिल्भर लाइन कलेजका बारेमा जानकारी गराएका थिए ।

उनले विद्यार्थीको भविष्य तथा अभिभवाकको विश्वास जित्न सफल कलेज भन्दै अष्ट्रेलियाको शैक्षिक अवस्थाका विषयमा जानकारी गराएका थिए । बिर्तामोडमा भएको कार्यक्रममा इक्यान झापामा आवद्धसंगै अन्य कन्सल्टेन्सीहरुको सहभागिता रहेको इक्यान झापाका कार्यसमिति सदस्य तथा तालिम विभाग प्रमुख नवीन बोहोराले जानकारी दिए ।

कार्यक्रममा सहभागिहरुले अष्ट्रेलियाको सिल्भर लाइन कलेजका विषयमा विभिन्न जिज्ञासाहरु राखेका थिए । उनीहरुले शैक्षिक अवस्था, लागत खर्च तथा सुरक्षाका विषयमा चासो राख्दै विद्यार्थीलाई गरिने शैक्षिक परामर्शका विषयमा सुझाव मागेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here