मेचीनगरको पाँच ठाउँमा नाप–तौल परीक्षणको डोर टोली

0
22

काँकरभिट्टा।

आजदेखि मेचीनगरमा व्यवसायीहरुको ढक, तराजु नाप्ने–तौल्ने उपकरणको परीक्षण, जाँच, नवीकरण, अनुमतिपत्र वितरणका लागि डोर टोली खटिएको छ ।

गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरको सहकार्य र मेची उद्योग बाणिज्य संघको आयोजनामा बुधबारदेखि नगरको पाँच ठाउँमा डोर टोली खटिएको हो । पुस २९ गतेसम्म सञ्चालन हुने डोर टोलीको पहिलो दिन आज मेचीनगर–६, काँकरभिट्टा स्थित होटल बोर्डरल्याण्ड परिसरमा आयोजना गरिएको थियो ।

संघका कार्यकारी निर्देशक गोपाल वस्नेतले डोर टोलीबाट काँकरभिट्टाका ४२ जना व्यवसायीले सेवा लिएको जानकारी दिए । उनका अनुसार व्यवसायीहरुले काँटा, ढक, तराजु, लिटर, मिटर जाँच गरेर नवीकरण र अनुमतिपत्र लिए । ४२ जनमध्ये ३३ जना व्यवसायी सदस्यहरुले डोर टोलीबाटै स्थलगत नविकरण गरेको उनले बताए ।

डोर टोलीमा गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरका सहायक निरीक्षक अमितकुमार कर्ण, सिनियर मिस्त्री (सीमी) द्वय हरेराम महतो र अञ्जिता रेग्मी, कार्यालय सहायक पुना घिमिरे, संघका कर्मचारीहरु पनि रहेका छन् ।

विहीबार पुस २४ गते मेचीनगर–७, ईटाभट्टा स्थित अधिकारी किराना अगाडि डोर टोली खटिने वस्नेतले बताए । त्यस्तै व्यवसायीको सहजताका लागि पुस २५ गते संघको सचिवालय धुलाबारी, पुस २८ गते धाइजन मोड स्थित अधिकारी एग्रो भेट्स छेउ र पुस २९ गते चारआली पूर्व बसस्टेण्ड मंगलदीप सप्लायर्स अगाडि डोर टोली खटिने संघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here