युरोपका विश्वविद्यालयको ‘इन्फरमेसन सेसन’ बिर्तामोडमा

0
136

बिर्तामोड ।

उच्च शिक्षा अध्ययनका लागिका लागि युरोपका विभिन्न देशमा पढाइका लागि जाने युवाहरुको संख्या उल्लेख्य रुपमा बढ्न थालेको छ ।

युरापियन मुलुकहरुमा नेदरल्यान्ड, बेल्जियम लगायतका देशमा पढ्न जानेहरुको संख्या बढ्दो क्रममा रहेको पाइएको हो । विदेशमै गएर पढ्न जाने विद्यार्थीको सपनालाई साकार पार्दै सहि सुझाव दिनका लागि झापाका एक दिने ‘इन्फरमेसन सेसन’ सम्पन्न भएको छ ।

नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको आयोजनामा भएको उक्त कार्यक्रममा इक्यान झापाका पूर्व अध्यक्ष मिलन ओलीले नेदरल्यान्ड, बेल्जियम लगायतका देशहरुको शैक्षिक अवस्था तथा विश्वविद्यालयका बारेमा जानकारी दिएका थिए ।

उनले उच्च शिक्षा साथै अवसरको खोजीमा विदेश जाने युवाहरुको ट्रेन्ड पछिल्लो समय फेरिँदै गरेको र विशेषगरी युरोपका विभिन्न देशमा पढाइका लागि जाने युवाहरुको संख्या उल्लेख्य रुपमा बढ्न थालेको बताए । स्तरीय पढाइ र फुर्सदमा पार्ट टाइम काम गर्न चाहनेका लागि नेदरल्यान्डमा शिक्षा सहज बन्दै गएको जनाइएको छ ।

युरोपिन देशहरुले विदार्थीका लागि गरिरहेका काम तथा त्यस क्षेत्रको शैक्षिक अवस्थाका बारेमा ओलीले जानकारी गराएका थिए । उनले विदार्थीको योग्यता र क्षमता अनुसार अनुहरुलाई स्पष्ट रुपमा काउन्सिलिङ गरेर विद्यार्थीसहित अभिभावकलाई जानकारी गराएमा भोलीका दिनमा समस्या नहुँने स्पष्ट पारे ।

नेपालमा प्लस टु, स्नातक तथा स्नातकोत्तर तह सकेपछि अन्तर्राष्ट्रिय डिग्री तथा करिअरका लागि युवाहरु युरोप जाने क्रम बढेको हो । पढाइ, रोजगारी, कम खर्च र सेटलमेन्टको रुपमा सहज वातावरण भएकाले पनि आम नेपाली युवाहरुको प्रमुख रोजाइ युरोप बन्न थालेको छ । तीमध्ये न्युजिल्यान्ड, डेनमार्क, जर्मनी र फिनल्यान्ड जाने विद्यार्थीको संख्या धेरै रहेको छ ।

इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष एवम् प्रमुख सल्लाहकार सुमन शर्मा जममरकट्टेल, निर्वतमान अध्यक्ष रोशन सुवेदी, कोषध्यक्ष तुलसी पाठक लगायतको आतिथ्य रहेको थियो भने कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य एवमु संगठन विभाग प्रमुख मोहन पराजुलीले गरेका थिए ।

यसैबीच आज दमकमा पनि इन्फरमेसन सेसनको आयोजना गरिएको तालिम विभाग प्रमुख नवीन बोहोराले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here