लायन्स क्लव अफ अनारमनीद्वारा निःशुल्क स्वास्थ्य शिविर

0
37

बिर्तामोड । 

सामाजिक कार्यमा सक्रिय रहेको लायन्स क्लव अफ अनारमनीले एक दिने निःशुल्क स्वास्थ्य शिविर समपन्न गरेको छ ।

पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड र मेचीनगर नगरपालिका–४ को सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविरका साथै महिलाको पाठेघरको क्यान्सरको स्क्रिनिङ शिविर सम्पन्न भएको हो ।

लायन्स क्लव अफ अनारमनीले आफ्नो सेवा कार्यक्रम अन्तर्गत मेचीनगर ४ मा रहेको स्वास्थ चौकी बाहुण्डाँगीमा सञ्चालन गरेको शिविरमा ७० जनालाई सेवा प्रदान गरिएको लायन्स क्लव अफ अनारमनीका सचिव हेमन्त पाण्डेले जानकारी दिए ।

लायन्स क्लव अफ अनारमनीका अध्यक्ष सरोज खरेल, मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुनकुमार कार्की, लायन्स क्लवका जिल्ला प्रमुख नवराज श्रेष्ठ , क्षेत्रीय अध्यक्ष शर्मिला जोशी , बीएण्डसी मेडिकल कलेज पर्यवेक्षक रिसव ढकाल, स्त्रीरोग विशेषज्ञ सन्ध्या शाहा, चिकित्सा अधिकृत अस्मिता सग्रौला , लायन्स क्लव अफ मेचीनगरका अध्यक्ष दिपक कार्की, सक्रिय सदस्य रोजन खरेल लगायतको उपस्थिति रहेको थियो ।

स्वास्थ्य सेवा लिएका महिला तथा स्थानीयले खुशी ब्यक्त गर्दै स्थानीय स्तरमा नै आफ्नो स्वास्थ्यको जानकारी पाएको भन्दै लायन्स क्लव अफ अनारमनीका अध्यक्ष खरेलसहितको सिंगो टिमलाई धन्यवाद दिए । महिलाहरुमा पाठेघरको समस्या धेरै हुने र क्यान्सरको जोखिम धेरै हुने भएकाले त्यसलाई ख्याल गर्दै स्वास्थ्य शिविर गरेको लायन्स क्लव अफ अनारमनीका अध्यक्ष खरेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here