शनिश्चरे–अर्जुनधारा खानेपानीको ३१औं साधारणसभा सम्पन्न

0
16
अर्जुनधारा।
झापाको अर्जुनधारा नगरपालिका–८ स्थित शनिश्चरे–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ३१औं साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाको कार्यालय प्राङ्गणमा समितिका अध्यक्ष किरण शिवाकोटीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि खानेपानी, सिंचाईं तथा ढल व्यवस्थापन आयोजना कोशी प्रदेशका प्रमुख सुरतलाल चौधरीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष शिवाकोटीले संस्थाको गत आर्थिक वर्ष २०८१÷०८२को वार्षिक प्रगति प्रतिवेदन र सचिव राकेश ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा अर्जुनधारा–९स्थित मगर चोकमा रहेको चार लाख ५० हजार लिटर क्षमताको ट्याङकी गत असार २७ गते सञ्चालन, नेपाल सरकार शहरी विकास मन्त्रालयको प्राप्त अनुदानबट ११ किलोमिटर पाइप विस्तार सम्पन्न, १३ हजार रुपैयाँ रहेको धारा जडान शुल्कलाई नौ हजार नौ सय ९९ रुपैयाँ कायम, विपन्न वर्ग, अपाङ्ग, अशक्त, ज्येष्ठ नागरिक संस्थाहरुलाई धारा जडान गर्दा लाग्ने दस्तुरमा २५ प्रतिशत छुटको व्यवस्था उल्लेख गरिएको छ ।
त्यसैगरी प्रतिवेदनमा एकाघर बाह्क धारा नामसारी गर्नुपर्ने भएमा हाल लाग्दै आएको रकममा ५० प्रतिशत छुट हुने व्यवस्था, दियालो टेक्नोलोजी मार्फत् जीआईएस     (भौगोलिक जानकारी संकलन) लागु गरिएको, खानेपानीको वेबसाइट निर्माण, उपभोक्ता सदस्यहरुको सहजताका लागि क्यूआर कोडसहितको उपभोक्ता नामावली वितरणलगायत उल्लेख गरिएको छ ।
त्यस्तै प्रतिवेदनमा संस्थाको गत आर्थिक वर्षको जम्मा आम्दानी ९४ लाख ७४ हजार आठ सय ४१ रुपैयाँ ५८ पैसा, जम्मा खर्च एक करोड २१ लाख ९६ हजार दुई सय ५६ रुपैयाँ ९० पैसा, चालु आर्थिक वर्ष २०८२÷०८३को मंसीर मसान्तसम्मको जम्मा आम्दानी ३७ लाख ६१ हजार एक सय ५९ रुपैयाँ ११ पैसा र जम्मा खर्च ३८ लाख ३२ हजार दुई सय २६ रुपैयाँ ८९ पैसा उल्लेख गरिएको छ ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, वडाध्यक्षद्वय गोविन्द खतिवडा र भीष्म मिश्र, साना शहरी खानेपानी बुधबारेका सचिव पूर्णप्रसाद सञ्जेल, साना शहरी खानेपानी बिर्तामोडका प्रतिनिधि खड्ग गिरी, अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिका सचिव कृष्णप्रसाद भट्टराई, समितिका पूर्व अध्यक्षद्वय छत्रमणि ढकाल र शंकर सुवेदी, सल्लाहकारद्वय पम्फादेवी विश्वकर्मा र हेमप्रसाद खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समितिका उपाध्यक्ष किरण वनले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव ढकालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here