पाथीभरा मन्दिरमा पुसमा २४ लाखभन्दा बढी भेटी सङ्कलन

0
11

ताप्लेजुङ,

ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा (मुक्कुमलुङ) मन्दिरमा पछिल्लो एक महिनामा २४ लाख रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ।

पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, गत पुस महिनामा भक्तजनहरूले कुल २४ लाख २५ हजार रुपैयाँ भेटी चढाएका हुन्।

चिसो मौसमको प्रवाह नगरी पुस महिनामा ५ हजार ९ सय भक्तजन दर्शनका लागि मन्दिर पुगेका थिए। समितिले हरेक महिना सङ्कलित भेटी रकम पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको छ।

कडा सुरक्षा निगरानीमा गणना समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार भेटी व्यवस्थापनका लागि कडा सुरक्षा मापदण्ड अपनाइएको छ। मन्दिरमा चढाइएको भेटी नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरी पोकामा लाहा छाप लगाएर माथिल्लो फेदीमा झारिन्छ।

फेदीमा करिब एक सातासम्मको रकम जम्मा भएपछि त्यसलाई सदरमुकाम फुङलिङस्थित कार्यालयमा ल्याउने गरिएको छ। कार्यालयमा पनि सिसिटिभी र सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा कर्मचारीहरूले रकम गणना गरी बैंकमा दाखिला गर्ने व्यवस्था मिलाइएको कार्यकारी निर्देशक हाङबाङले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here