मारवाडी युवा मञ्च बिर्तामोडको अधिवेशन सम्पन्न

0
65

विशाल गोयल अग्रवाल अध्यक्षमा निर्विरोध

बिर्तामोड, मारवाडी युवा मञ्च बिर्तामोडको अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि विशाल गोयल अग्रवाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनले निर्वाचित गरेको नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । नवनिर्वाचित अध्यक्ष अग्रवालले मञ्चलाई युवामैत्री, सामाजिक उत्तरदायी र व्यवस्थित संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नवनिर्वाचित कार्यसमितिअनुसार वरिष्ठ उपाध्यक्षमा पवन शर्मा, उपाध्यक्षमा रवि शर्मा, महासचिवमा मनीष पोद्दार, कोषाध्यक्षमा अंकित अग्रवाल, सचिवमा सेन्की अग्रवाल, सह–सचिवमा सुभित अग्रवाल, सह–कोषाध्यक्षमा रौनक अग्रवाल तथा जनसम्पर्क अधिकारीमा कृष्ण अग्रवाल चयन भएका छन् ।

यस्तै, कार्यकारिणी सदस्यहरूमा मनोज गोयल, नितिन अग्रवाल, राहुल अग्रवाल, सञ्जय अग्रवाल, आशिष सोनी, रमन गोयल, सुरज केडिया, अनमोल चौधरी र शारिक अग्रवाल निर्वाचित भएका छन् ।

मारवाडी युवा मञ्च बिर्तामोडले आगामी दिनमा युवाहरूलाई शिक्षा, उद्यमशीलता तथा सामाजिक उत्तरदायित्वतर्फ सक्रिय गराउने कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here