लागू औषध गाँजा सहित एक जना पक्राउ

0
3

मोरङ ।

मोरङको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिराटनगर–५ पुलचोक भित्री सडक खण्डमा बा ८ च ६५०८ नम्बरको स्कर्पियो गाडी अनियन्त्रित हुनासाथ सीआभी बरगाछी, वडा प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोली खटिगई चालक फरार भएको अवस्थामा अनियन्त्रीत भई बाटो छेउको खाल्डोमा छिरेको उक्त गाडी भित्रबाट ४ सय २० किलोग्राम गाँजा बरामद भएको थियो ।

त्यस्तै जहदा गाउँपालिका–१ का चन्दन कुमार साहले गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीले सशस्त्र प्रहरीसँगको सहकार्यमा उक्त स्थानमा खटिगई खानतलासी गर्दा साहले घर छेउमा खाडल भित्र प्लाष्टिकमा ९ पोकामा लुकाई छिपाई राखेको २ सय ७५ किलो ८०० ग्राम गाँजा फेला पारी बरामद गरेको हो ।

बरामद भएको गाँजा र पक्राउ परेका व्यक्तिको सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here