खुदुनाबारी कञ्चनजंघाको १७ औं वार्षिकोत्सव सम्पन्न

0
1
अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिका–१ स्थित खुदुनाबारी कञ्चनजंघा अङग्रेजी आवासीय विद्यालयको १७ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ ।
विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर गोलेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष उपेन्द्र बस्नेतले उद्घाटन गरेका थिए ।
विद्यालयका सहायक प्रधानाध्यापक हेम लम्सालले विद्यालयको विविध विषयसहितको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य, भाषण कला, फेसन शो, मार्सल आर्ट आदि प्रस्तुत गरेका थिए ।
भीमले आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक बराल, अभिभावक लक्ष्मण खड्कालगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा वडा सदस्यद्वय मदनकुमार लिमेल मगर र मुना खत्री, लोमस पब्लिक स्कूलका संस्थापक चन्द्र सुवेदी, विद्यालयका निर्देशक विक्रम गोलेलगायतको आतिथ्यता रहेको थियो ।
विद्यालयकी संयोजक सुजु बम्जन गोलेले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन कृष्टिका तामाङ र संयोग खड्का, कृष्टिका कार्की र स्मारिका गुरुङ तथा प्रतिष्ठा भण्डारी र रोमन लुँइटेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here