- बालबालिकाको प्रस्तुतिले अभिभावक दंग
झापा , फागुन १० । प्रविधिमा आधारित शिक्षा प्रदान गर्ने उद्देश्यले नौ वर्ष अघि स्थापित ग्रिण्ड फिल्ड वल्र्ड स्कूल बिर्तामोडले मनमोहक सास्कृतिक प्रस्तुतिसहित वार्षिक उत्सव सम्पन्न गरेको छ ।
बिर्तामोड १ स्थित विद्यालयको हाता भित्र आयोजित सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरुले अन्तरनिहीत कला प्रस्तुत गरेका थिए । आइतवार एक विशिष्ठ समारोहकाबीच कार्यक्रमका प्रमुख अतिथि मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
विद्यालयका संस्थापक एवम् राष्ट्रिय सभा सदस्य गोपालकुमार वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ३ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुले प्रतिभा प्रस्तुत गर्दा अभिभावक दंग थिए ।
कक्षा ३, ४ र ५ मा अध्ययरत छात्राहरुले संगीतमय प्रस्तुतिका साथ सरस्वती वन्दना प्रर्दशनबाट शुरु भएको सास्कृतिक कार्यक्रममा अस्लेषा समूहबाट सेफायर नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयका निर्देशक आनन्दकुमार वस्नेत,वाल्मीकि एजुकेशन फाउण्डेशनका प्रिन्सिपल पवन गिरी, विद्यालयका सञ्चालक मनिषा बस्नेत, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, वीरता जेसीजका अध्यक्ष, लोकचन्द्र श्रेष्ठ,पूर्व अध्यक्ष राजेन्द्र कुमार चम्लगाई, जीतेन्द्र वस्नेत, पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकाल, सह सम्पादक सुरेन्द्र भण्डारी लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले कविता, वक्तृत्व,नाटक, प्रस्तुत गर्दै नेपाली संस्कृतिको पुरानो र नयाँ आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालयका को अर्डिनेटर बर्नाट लामाले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक सुशीला घिमिरेले गरेकी थिइन् । त्यसैगरी सास्कृतिक कार्यक्रमको सञ्चालन विद्यार्थीहरु सागर ढकाल र एञ्जीला विमलीले गरेका थिए ।
विद्यालयले अतिरिक्त क्रियाकलापलाई सिकाइ प्रक्रियासँग जोड्दै विद्यार्थीको समग्र व्यक्तित्व विकासमा जोड दिएको जनाएको छ । सांस्कृतिक कार्यक्रममार्फत विद्यार्थीमा सिर्जनशीलता, सहकार्य भावना तथा नेतृत्व क्षमता विकास गर्ने लक्ष्य राखिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रस्तुतिहरूले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको सहभागी अभिभावकहरूले बताएका छन्।































