सैनिक सेवा समाजको भवन बन्ने

0
2

रत्नबहादुर बस्नेत
बिर्तामोड ।

सैनिक सेवा समाज, बिर्तामोड-१० को कार्यालय भवन बन्ने भएको छ। कोशी प्रदेश सरकारबाट भवन निर्माणार्थ १० लाख बजेट विनियोजन भएसँगै समाजको कार्यालय भवन निर्माणकार्य शुरु हुने निश्चित भएको हो।

समाजको १० अौ वार्षिक साधरणसभाको अवसरमा सैनिकबजारस्थित संस्थाको १०धुर जग्गामा सभाहलसहित कार्यालय भवन निर्माणकार्य फागुनको अन्तिम साताबाट प्रारम्भ गरिने जानकारी गराइएको हो।

सैनिक सेवा समाजका अध्यक्ष कर्णबहादुर गुरुङले प्रदेश सरकारबाट प्राप्त १० लाख र दाताहरुबाट प्राप्त ३ लाख बजेटबाट निर्माणकार्य शुरु गरि अपुग रकम सदस्य तथा अन्य दाता र स्थानीय सरकारको सहयोगमा एक वर्षभित्र पूरा गरिने बताए। उनले आफूले भवन निर्माणार्थ एक लाख ११ हजार नगद सहयोग गरेको बताउँदै अरुलाई पनि मन फुकाएर यथासक्य सहयोग गर्न आग्रह गरे।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष दुर्योधन गुरुङले समाजको गतिविधि सञ्चालनमा कठिन भइरहेको अवस्थामा स्थानीय अमार-तारा कार्की परिवारले जग्गा प्रदान गरेर प्रशंसनीय कार्य गरेको र यसबाट भवन निर्माणकार्य अघि बढाउन सहज भएको बताउँदै स्थानीय सरकारको तर्फबाट पनि आफूले यथासक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

संस्थाका संस्थापक तथा सल्लाहकार संयोजक मनु मुखियाले विगतदेखि नै अत्यन्त कठिनाईका साथ संस्था सामाजिक हितका कार्य गर्दै वर्तमान अवस्थामा आइपुगेको उल्लेख गर्दै यस महान लक्ष्य पूरा गर्न सबै जुट्नु पर्नेमा जोड दिइन्।

कार्यक्रममा २०८२ सालको दिपावलीको अवसरमा समाजद्वारा सञ्चालित दिउसी-भैलो कार्यक्रममा भौतिक तथा आर्थिकरुपमा सहयोग गर्नृे व्यक्ति तथा संस्थालाई कदरपत्रले सम्मान गरिएको थियो। यसरी सम्मानित हुनेहरुमा प्रतिमा प्रसाईं,आशमा खातुन, झरना विक,सैनिक कला केन्द्र,गौरवटोल विकास संस्था र नमूनाटोल विकास संस्था रहेका छन्। संस्थामा हाल एक सय चौविस घरधुरी सदस्य आबद्ध रहेका छन्।

सभामा संस्थाको गतिविधि समेटिएको अध्यक्षको प्रतिवेदन तथा कोषाध्यक्ष तारा कार्कीद्वारा प्रस्तुत आयव्ययसहित आर्थिक प्रतिवेदन सचिव चामबहादुर लिम्बूले वाचन गरेका थिए। संस्थाका अध्यक्ष कर्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिर्जनशील सेवा समाजका अध्यक्ष जगदीशचन्द्र गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा समाजसेवी कविता घले गुरुङ, किरण सुब्बा, टेकबहादुर देवान, देवीप्रसाद दंगाल, शान्ति गुरुङलगातको आतिथ्य रहेको थियो। उपाध्यक्ष लक्ष्मी देवान राईले सहभागीलाई स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव चामबहादुर लिम्बूले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here