एनएमबिआई बैंकद्वारा महेन्द्रनगर माध्यमिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण

0
14

अर्जुनधारा, झापाको अर्जुनधारा नगरपालिका–११ सालबारीस्थित महेन्द्रनगर माध्यमिक विद्यालयका विद्यार्थीलाई बिहीबार एक कार्यक्रमबीच विद्यालय पोशाक वितरण गरिएको छ।

एनएमबिआई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि २२४ थान पोशाक वितरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल खतिवडा ‘आकाश’ले जानकारी दिए।

समितिका अध्यक्ष खतिवडाको अध्यक्षता तथा बैंकको कोशी प्रदेश प्रमुख दयन्ती जोशीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उक्त पोशाक विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको थियो।

त्यसैगरी कार्यक्रममा गत शैक्षिक वर्ष २०८१ मा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई स्टेसनरी सामग्री प्रदान गरी पुरस्कृत गरिएको थियो। साथै चालु शैक्षिक वर्ष २०८२ मा एसईई परीक्षामा सहभागी हुने कक्षा १० का विद्यार्थीहरूलाई सामूहिक विदाइ गरिएको थियो।

कार्यक्रममा वडा अध्यक्ष खगेन्द्र इङ्नाम लगायतले मन्तव्य व्यक्त गरेका थिए। शिक्षक सूर्यप्रसाद सापकोटाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन प्रधानाध्यापक मनबहादुर लिम्बूले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here