
जीवनमा धेरै घटनाहरु हुने गर्छन् । कसैलाई क्यामेरामा कैद गर्न सकिन्छ, कसैलाई सकिँदैन । कैद गर्न सकिएकाहरूले हाम्रो मस्तिष्क र जीवनलाई सदैव ऊर्जाशील बनाउन सहयोग गर्छ । हामी जहिले पनि खुशी हुन चाहन्छौं, तर आफू खुशी हुन अरुलाई खुशी दिनुपर्छ भन्ने कुरा चाहि बिर्सन्छौं । बर्षमा एकपटक अफिसियल कार्यक्रममा सहभागिता हँुदा पनि हामी पुरै समय दिन सक्दैनौं त्यो मानवीय स्वभाव नै हो ।
हामी कार्यरत संस्थाबाट म्यानेजमेन्ट सबै र कर्मचारी गरी २४ जना रिफरेसमेन्टसहितको यात्रा गर्ने भन्ने बारेमा छलफल हँुदा हामी सबैको रोजाई काठमाडौंबाट नजिकै रहेको मकवानपुरको चित्लाङ जाने निधो गरियो । उक्त स्थान काठमाडौंबाट चारवटा रुट भएर चित्लाङ पुग्न सकिन्छ । सबैभन्दा कम दुरी कलंकी हुँदै चन्द्रागिरी भएर थानकोटबाट १८ किलोमिटरमा चित्लाङ पुग्न सकिन्छ । काठमाडौंबाट मातातीर्थ सःखेल हुँदै जाने हो भने करिब २७ किलोमिटर चित्लाङ पर्छ । दक्षिणकाली फर्पिङ कुलेखानी भएर जाँदा ५२ किलो मिटरको दुरीमा चित्लाङ पुगिन्छ । अर्को अझै थानकोट नौबिसे टिस्टुङ हुँदै पनि चित्लाङ पुग्न सकिन्छ, तर हामीले छोटो बाटो नै रोज्यौं ।
हाम्रो यात्रा गत चैत १३ र १४ गते थियो । देशले नयाँ र युवा प्रधानमन्त्री पाएको थियो । सोही दिन हामी रिफरेसमेन्टको लागि चित्लाङ जाँदै थियौं । सबैको आ–आफ्नो सवारीसाधन भए पनि सबै आफ्नो तरिकाले जाँदा अलि खल्लो हुने पो भनि हामीले टुरिष्ट बस नै दुई दिनको लागि रिर्जभ गरेर जाने भयो । जसले गर्दा हामी सबै कार्यक्रम अवधिभर सँगै रहने र सगै एउटै बसको यात्रा गर्दा रमाईलो पनि हुने । हामी चैत १३ गते सुन्धरामा सबैलाई ९ बजे बिहानै भेट्न भन्यौ । तर, नेपालीको समय न हो कहिले सोचे जस्तो हुन्छ, गाडी खोज्न र म बाहेक तोकिएको समयमा कोही आई पुगेनौं, तर कार्यालय आएर सबैलाई सम्पर्क गरेपछि हामी आधा घण्टामा हिँड्ने तयारी गर्दै थियौं एक जना सर एक्कासी नजाने कुरा भयो । हामी अचम्ममा परियो पछि थाह भो उहाँको परिवारको सदस्यको सामान्य सवारी दुर्घटना भएको रहेछ ।
पछि उहाँले त्यसको व्यवस्थापन गरेर आफै आउँछु भन्नुभयो उहाँलाई केही समय कु¥यौं र हामी चाउँचाउ, चना लगायतका बाटोमा खाने कुराको केही जोहो गरेर यात्रामा निस्कियौं । कंलकीमा दुई जना साथी र थानकोटमा एक जना साथीलाई रिसिभ गरेर हामी चित्लाङको यात्रामा निस्कियौं । यात्रामा बसमा केही राजीतिक केही रमाइलो केही छेडखान केही हाँसी–मजाक केही नाच्दै रमाइलो गर्दै हामीले यात्रा अगाडि बढायौं ।
लाग्थ्यो हामी हाँस्न, नाच्न र गाउनकै लागि जन्मेका हौं । बाटो साँघुरो थियो । ठूलो बस छिर्न पनि गाह्रो तर हामी त्यही बाटोमा गुडिरहेको बसभित्रै नाच्यौं । कहिले बजिरहेको गीतसँगै ठूल्ठूला आवाजमा गीत गाउथ्यौं । कहिले गीतको शब्दसँगै चित्लाङ नै थर्कने गरी हास्थ्यौं । त कहिले अभिनय र नक्कल गर्दै नाच्यौं । बीचमा चन्द्रागिरीको एक होटलमा हामीले नास्ता खायौं । होटलमा भएको सबै खानेकुरा खाईदियौं जम्मा खादा चार हजार दुई सय रुपैयाँ भएछ । बसमा निकै नाच्दै, हाँस्दै र उफ्रँदै हामी दुई घण्टामा चित्लाङ पुग्यौं । चित्लाङ प्राचीन सम्पदाले मात्र होइन, कला संस्कृतिले पनि धनी पाइयो । तीनतिर हरिया पहाडले ढाकिएको र बीचमा समथर खेतीयोग्य जमिन देख्दा आँखाको धित मर्ने गरी हे¥यौं र मख्ख भयौं । त्यति मात्रै होइन हामीले आदि बाटोभरि लालिगुराँससँग रमायौं ।
जब हामी बसबाट ओर्लिएर होटलमा पुग्यौं हामीलाई स्वागत गर्न होटलका कर्मचारी थिए । होटल पुग्ना साथ हामी कोठामा गयौं फ्रेस भइयो, हामी बस्ने होेल फोटोजेनिक बनाएको रहेछ । सबै सहभागीहरुले आ–आफ्नो तरिकाले फोटो खिचेर, टिकटक बनाएर रमाइलो गरियो । दिउँसो ३ बजे खाजा खाएपछि पानी प¥यो त्यसपछि सबै मिल्ने मिल्ने साथीहरुसँग बसेर रमाइलो गफगाफ गर्न थालियो ।
मकवानपुरको चित्लाङ कृषि, पर्यटन र पुरातात्विक सम्पदाले भरिपूर्ण उपत्यका हो, चित्लाङमा बाख्रापालनबाट चिज उत्पादन हुन्छ, मौसमी तथा बेमौसमी तरकारी खेती गरिन्छ र यहाँ ऐतिहासिक पदमार्ग र पुरातात्विक महत्वका संरचनाहरू छन् । वरिपरि चुरे पहाड, बीचमा केही समथर भू–भाग, हरियाली वातावरण अनि प्राचीन ठाउँ । पहिलो पटक पुग्ने जोकोहीलाई मोहित बनाउँछ । चित्लाङले हामीलाई पनि त्यसै भयो म भने पहिलो पटक चित्लाङ गएको होइन । यस क्षेत्रमा बाख्राको दूधबाट चिज बनाउने उद्योग स्थापना गरिएको छ । चित्लाङमा उत्पादित बाख्राको दूधबाट बनेका चिज स्वादिलो, गुणस्तरीय हुन्छ । यहाँ पुराना मन्दिर, पाटी–पौवा, पदमार्ग, दरबार र स्मारकहरूले नेपालका राजनीतिक, धार्मिक र सामाजिक इतिहासको झलक दिने स्थानीयसँग कुरा गर्दा बताए ।
चित्लाङ ‘लालीगुराँस पदमार्ग’ जस्ता पदमार्गहरूले प्राकृतिक सुन्दरतालाई नजिकबाट अनुभव गर्ने अवसर पाइयो । काष्ठकलाको अनुपम नमूनाहरू पाटी–पौवामा प्रहरी चौकी, सामुदायिक पुस्तकालयहरुले थप आर्कषित गरेको छ । चित्लाङ नजिकै रहेको इन्द्रसरोवर मानव निर्मित ताल हो । यो ताल सात किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइको छ । आफूसँग थोरै फुर्सदको समय छ र त्यसलाई कसरी मनोरञ्जनात्मक बनाउने भन्ने सोचिरहनुभएको छ भने तपाईंको लागि चित्लाङको एक दिन एक रातको बसाइ नै काफी छ । बाहै्र महिना चिसो भइरहने ठाउँ, हरिया फाँट र हरिया जंगल नियाल्दै स्थानीय स्तरमै उत्पादित खानाको स्वादका चित्लाङमा पाइन्छ ।
शुरुमा शुक्रबार र शनिबार मात्र चित्लाङमा आन्तरिक पर्यटकको भीड हुने गरेकोमा अहिले भने सातै दिन उत्तिकै आन्तरिक पर्यटक आउने गर्छन् । यहाँ क्याम्प फायरसँगै गीत–संगीतमा झुम्दै नाँच्न पाइन्छ । हामीले पनि बार्बिक्यु ग¥यौ । मन लागेको खाने कुरा खायौं । कोही नाच्नमा व्यस्त कोही टेबुलटेनिस खेल्ने, कोही स्नुकर, कोही पौडी, कोही खानामा रमाउने, कोही शान्त वातावरणमा रिर्सोट, वरफ, घुमफिर गरेर रमाइलो गरियो । बाहिर पानी परिरहेकोले कोही साथीले तास पनि खेले । हामीलाई भने एक मित्रले अस्ट्रेलियाबाट ल्याएको रक्सीबाट बनाएको कोक्टेल खाने अवसर पनि जु¥यो । हामी सबै खादै रमायौं । चिकेन र र्पोर्कको बार्बिक्युले सबैको मन जित्यो ।
शुक्रबार भएकोले होला हामी बसेको रिर्सोट भरिभराउ थियो । कर्मचारीले समयमै डेलिभरी गर्न सकेका थिएन भने खानामा खासै क्वालिटी नभए पनि हामी भने हाम्रै साथीभाइको गफ र कुराकानीमा रमाइलो गरेका थियौं । एकजना साथी चितवनबाट आएर साँझमा सहभागी भएपछि झन् रमाइलो माहौल बन्यो । बेलुका रमाइलो गरियो । हामीले केही गेम फनि खेल्यौ जित्नेलाई उपहार पनि दियौं । तीन जना साथीले जित्नु भयो तर खेलमा सबैले सहभागिता जनाइयो । शनिबार बिहान केही साथी काठमाडौं जानैपर्ने भएकोले केही खल्लो महशुस भयो । उहाँहरुलाई सामान्य ब्रेकफास्ट गराएर मन गह«ौ बनाएर बिदा गरे पनि उहाँहरुले हरेक हामीलाई फोन गरेर के भइरहेको छ भन्दा खुशी लाग्यो । हामी केही समय हाइकिङ पनि गयौं । सहभागी साथीहरुले धेरै कपडा लिएर आउनुभएको रहेछ । पानी परेकाले अन्य धेरै ठाउँ धुम्न नगए पनि होटल परिसर मै कपडा फेरि–फेरि फोटो र टिकटक बनाएको हेर्दा निक्कै रमाइलो भयो ।
मान्छे खुशी हुन् चाहे सानो कुरामा पनि रमाउन सक्दो रहेछ । शनिबार नै बिहानको खाजापछि रिसोर्टकै कर्मचारीले गाउँ भ्रमणमा लैजाने योजना भए पनि पानी परेकाले हामी त्यसमा सहभागी हुन सकेनौं, तर केही समय पानी रोकिएको मौका छोपेर हामीले डाँडा–काँडाको यात्रा ग¥यौं । लागिगँुरास फूलसँग रमायौं । फोटो खिच्यौं । धुलो, धँुवाले गाँजेको काठमाडौंबाट उम्किएर केही दिन नजिकैको शान्त, सुरक्षित र रमणीय ठाउँमा जान चाहनुहुन्छ त्यो गन्तब्य बन्न सक्छ चित्लाङ । हामी २४ जनाको सहभागी भएको यो यात्रामा पुरुषभन्दा महिलाको सहभागिता बढी थियो । हामीले दुई दिनको यात्रामा होटलको बसाई, घुमाई रमाइलो गरी करिब एक लाख तीस हजार रुपैयाँमा यात्रा सफल भयौं । थोरै खर्च राम्रो र आत्मीय यात्रा गर्ने वातावरण बनेकोमा आयोजकलाई बधाई ।




























