बिर्तामोड ।

झापाको बिर्तामोडमा तीन तला माथिबाट झरेर एक बालिकाको मृत्यु भएको छ।
आज विहान बिर्तामोड–५ बस्ने मन्जु उप्रेतीकौ घरमा डेरा गरी बस्ने ताप्लेजुङ फुङलिङ–३ घर भएका हेमसागर भट्टराईको (बुढो मामली) डेरा कोठामा पाहुना आएकी दमक ४ बस्ने मनोज आचार्यकी छोरी पाँच वर्षीया मानस्वी आचार्य घरको तीन तला माथि कोठामा खेल्ने क्रममा झ्यालबाट लडी घाइते भएकी थिइन् ।
उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा लगिएको थियो । बालिकाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।































