इलाममा सुमो दुर्घटना, ८ जना घाइते

0
2

झापा, इलामको सुर्योदय नगरपालिका–९ ढोरेस्थित बरबोटे नयाँबजार भित्री सडक खण्डमा सुमो गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

शनिबार अपराह्न करिब ४ः२० बजे नयाँबजारबाट फिक्कलतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ४०१६ नम्बरको सुमो आफैं अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा चालकसहित १० जना सवारमध्ये ८ जना घाइते भएका हुन्। चालक सुर्योदय नगरपालिका–८ बस्ने ४२ वर्षीय सुरेन बस्नेत भने सकुशल रहेका छन् र हाल प्रहरी चौकी फिक्कलको नियन्त्रणमा छन्।

घाइतेमध्ये सुर्योदय–८ का ५३ वर्षीय राजकुमार राई, ४५ वर्षीया कल्पना गिरी, ५९ वर्षीय प्रेमबहादुर गुरुङ र ६२ वर्षीय श्यामबहादुर राईको श्रीनिधि अस्पताल फिक्कलमा उपचार भइरहेको छ। उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

यस्तै, ३९ वर्षीया मिना क्षेत्री, ४५ वर्षीया पुनम भण्डारी, १९ वर्षीय अपसन क्षेत्री र ७३ वर्षीय गोपाल क्षेत्रीलाई फिक्कल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापा रिफर गरिएको छ।

रिफर गरिएका सबै घाइतेलाई बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा लगिएको जनाइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here