भद्रपुर,

भद्रपुरमा लागू औषधसहित तीनजना पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर-५ नयाँ बजारमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्रीहरुलाई शङ्का लागेर चेकजाँच गरेको थियो ।
त्यस क्रममा बिर्तामोड-८ गरामनी बस्ने वर्ष २८ का किरण श्रेष्ठ साथबाट प्लास्टिकबाहेक २ ग्राम ०६० मिलिग्राम, सोही ठाउँ बस्ने वर्ष २८ का अभिषेक लिम्बूको साथबाट प्लास्टिकबाहेक १ ग्राम १७० मिलिग्राम र मोरङ लेटाङ- ५ बस्ने वर्ष २५ का सरोज थापाको साथबाट प्लास्टिकबाहेक १ ग्राम ४६० मिलिग्राम गरी जम्मा प्लास्टिकबाहेक ४ ग्राम ६९ मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो ।
उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा ल्याइएको छ ।





























