यस वर्षको चूडामणि रेग्मी भाषा साहित्य पुरस्कार सुवेदीलाई

0
2

झापा । झर्रोवादी साहित्यकारका रुपमा स्थापित झापा भद्रपुरका भाषविद् एवम् साहित्यकार चूडामणि रेग्मीको नाममा परिवारले स्थापना गरेको चूडामणि रेग्मी भाषा साहित्य पुरस्कार यस वर्ष झर्रो लेखक तथा साहित्यकार झापा कनकाई नगरपालिका निवासी जीवनाथ सुवेदीलाई प्रदान गरिने भएको छ ।
झापाको पुरानो पुस्ताकालय, भद्रपुर १० स्थित लेखनाथ पुस्तकालयले संयोजन गर्दै आएको सो पुरस्कार साहित्यकार रेग्मीको जन्मदिनको अवसरमा यही चैत २९ गते पुरस्तकालयकै सभाहलमा आयोजना गरिने समारोहमा प्रदान गरिनेछ ।
पुस्तकालयका अध्यक्ष तथा पुरस्कार छनोट समितिका संयोजक नवराज घिमिरेको अध्यक्षतामा आज बसेको पुरस्कार छनोट समितिको बैठकले सो निर्णय गरेको हो । बैठकमा पुरस्कारका संस्थापक प्रदीपमणि रेग्मी, समितिका सदस्य हरिप्रसाद न्यौपाने, आरती पोखरेल र हरिकिशोर आचार्यको उपस्थिति थियो ।
पुरस्कारको राशि रु. २५ हजार रहेको पुरस्कारका संस्थापक प्रदीपमणि रेग्मीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here