झापा, झापाको बिर्तामोडस्थित बहुचर्चित ५१ विगाह जमिनको विवाद प्रतिनिधिसभामा पुनः गुञ्जिएको छ ।
झापा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद इन्दिरा राना मगरले उक्त विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
मंगलवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गिरी बन्धु टी स्टेटको नाममा रहेको जग्गाको कानुनी अवस्था, उपयोग र त्यहाँ बसोबास गर्दै आएका नागरिकको भविष्यबारे स्पष्ट धारणा मागिन्।
उनले ‘ सुकुम्वासीहरुको समेत लालपूर्जाको विषय उठाउँदै सुकुम्वासीलाई धनीपूर्जा वितरण गर्ने कार्यलाई नियमितता गर्न आग्रह गरिन् ।
उनले कृषकका समस्यासमेत संसदमा उठाइन् । बाली लगाउने मुख्य सिजनमै मल र बीउको अभाव हुने गरेको भन्दै उनले समयमै उपलब्धता सुनिश्चित गर्न सरकारसँग माग गरिन । “कृषकले समयमा मल नपाउँदा उत्पादन घटिरहेको छ, यसको दीर्घकालीन समाधान खोज्नुपर्छ,” उनले भनिन्।
सांसद रानाले रासायनिक मलको आपूर्तिमा मात्र निर्भर रहनुभन्दा देशमै उद्योग स्थापना गरी जैविक मल उत्पादनतर्फ सरकार अग्रसर हुनुपर्ने धारणा व्यक्त गरिन् ।































