झापा, झापाको मेचीनगरबाट लागूऔषधसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंगलबार अपराह्न करिब ३ः३० बजे मेचीनगर नगरपालिका–६ संगिता ठ्याक क्षेत्रमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका कमल गाउँपालिका–६ का २४ वर्षीय नवराज भट्टराईलाई पक्राउ गरेको हो।
प्रहरीले शरीर तलासी गर्दा भट्टराईको साथबाट प्लास्टिकबाहेक ६ ग्राम ७५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको जनाएको छ।
पक्राउ परेका भट्टराईलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ।































