झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित श्री माध्यमिक विद्यालय, बर्नेमा सम्पन्न अभिभावक भेलाले नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको छ।
भेलाबाट पवन ढकाल सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका छन्। समितिको सदस्यहरूमा शन्तोष शेर्मा (अमर), सरिता किसान, सिमा परियार, राजकुमारी लिम्बू र उर्मिला ढुङ्गेल चयन भएका छन्। वडा प्रतिनिधिका रूपमा शेरबहादुर राय, सदस्य सचिवमा प्रधानाध्यापक टंकनाथ घिमिरे तथा शिक्षक प्रतिनिधिमा राज अर्याल रहेका छन्।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका शिक्षा शाखाकी प्रतिनिधि झलका भट्टराई, वडा नं. ४ का अध्यक्ष शेरबहादुर राय, कार्यपालिका सदस्य दुर्गा पोख्रेल ढुङ्गेल, पूर्व अध्यक्षहरू नरेन्द्र कुमार भुर्तेल, शिक्षक अभिभावक संघका अध्यक्ष महानन्द गौतम, मानबहादुर मगर, रुद्र भण्डारी, धर्म घिमिरे, ज्ञानबहादुर मगर, बुद्धवीर गुरुङलगायत अभिभावक, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा शिक्षा शाखाका अधिकृत झलका भट्टराई, वडाध्यक्ष शेरबहादुर राय, निवर्तमान अध्यक्ष नरेन्द्र कुमार भुर्तेल तथा प्रधानाध्यापक टंकनाथ घिमिरेलगायतले विद्यालयका गतिविधि, कार्यक्रमको औचित्य तथा भावी योजना बारे जानकारी दिँदै नवगठित समितिलाई शुभकामना दिएका थिए।
शिक्षक प्रतिनिधि राज अर्यालले सञ्चालन गरेको कार्यक्रममा हाडियाचुली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजन लिम्बू, स्थानीय समाजसेवीहरू रामबहादुर महत, सन्देश पौडेल, पदम आचार्य, गोविन्द ढुङ्गेल, मदन मगर, दुर्गा ढुङ्गेल, देवी अधिकारी, फक्तालुङ सावा, रुद्र न्यौपाने, तिला अर्याललगायतको पनि उल्लेख्य उपस्थिति रहेको थियो।






























