झापा।

चिया उत्पादनको मुख्य सिजनमै किसानले रासायनिक मल नपाएर छट्पटाइरहेका बेला चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख महिनौँसम्म कार्यालयमा अनुपस्थित रहने गरेको पाइएको छ । सरकारी संयन्त्रको यस्तो गैरजिम्मेवारीले चिया क्षेत्र झनै संकटतर्फ धकेलिएको छ ।
अहिले झापा र इलामका चिया बगानमा हरियोपत्ती टिपाइ धमाधम चलिरहेको छ । वर्षा अनुकूल भएकाले उत्पादनको सम्भावना राम्रो देखिए पनि आवश्यक मल अभावले किसान चिन्तित छन् । सरकारले यस वर्ष चिया किसानलाई अनुदानको रासायनिक मल उपलब्ध नगराउँदा उनीहरू समस्यामा परेका हुन् ।
यता, सरकारले भने व्यापारिक घराना सांघाई ग्रुप अन्तर्गतका चिया बगानलाई अनुदानमा मल उपलब्ध गराउने निर्णय गत ११ फागुनमै गरिसकेको छ । यसले किसानबीच विभेद भएको गुनासो बढेको छ । मलको खोजीमा किसान दैनिकजसो बिर्तामोडस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय धाइरहेका छन् । तर, उनीहरूको समस्या सुनुवाइ गर्ने निकाय नै निष्क्रिय जस्तै बनेको छ ।
चिया क्षेत्रका समस्या समाधान, नीतिगत समन्वय र प्राविधिक सहजीकरणको जिम्मेवारी पाएको उक्त कार्यालयका प्रमुख निर्देशक डा. लक्ष्मण पोखरेल भने लामो समयदेखि बिदामा बस्दै आएका छन् । उनी गत २ असोजदेखि कार्यालयमा हाजिर भए पनि त्यसयता ७ महिनामा करिब ६ महिना बिदामै बिताएको तथ्य बाहिरिएको छ ।
कार्यालय स्रोतका अनुसार असोजमा ७ दिन मात्र उपस्थित भएका पोखरेल कात्तिकमा एक दिन मात्र कार्यालय पुगे । त्यसपछि केही दिन तलब निकासा लगायतका काम गरेर पुनः बिदामा बसे । मंसीर ५ गतेपछि उनी सिँधै १८ माघमा कार्यालय आएका थिए । पुस महिनाभर उनी कार्यालयमा अनुपस्थित रहे ।
माघमा ६ दिन बसेर काम गरेका पोखरेल फेरि बिदामा गएर चैत १ मा मात्र फर्किए । फागुन महिनाभर पनि उनी कार्यालयमा उपस्थित भएनन् । हाल पनि उनी बिदामै रहेको बताइएको छ । उनले अधिकांश बिदामा ‘घर बिदा’ उल्लेख गर्ने गरेका छन् । क्षेत्रीय प्रमुखकै अनुपस्थितिले कार्यालयका कार्यक्रम, अनुसन्धान तथा नियमनका काम ठप्पजस्तै बनेका छन् । कोशी प्रदेशका १४ वटै जिल्लाको चिया क्षेत्र हेर्ने जिम्मेवारी बोकेको यो कार्यालय प्रभावकारी रूपमा चल्न सकेको छैन ।
मातहतका कर्मचारी लामो समय अनुपस्थित हुँदा पनि चिया तथा कफी विकास बोर्डका कार्यकार%E































