कमलमा अभिमूखीकरण तथा जनचेतनामुलक

0
2

कमल ।

झापाको कमल गाउँपालिकामा अभिमूखीकरण तथा जनचेतनामुलक कार्यक्रम शुरु भएको छ । कमल ३ स्थित मेची सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा शहिद धर्मभक्त माध्यमिक विध्यालयको सभाहलमा आजबाट शुरु भएको अभिमूखीकरण तथा जनचेतनामुलक लगायतका कार्यक्रम तीनदिन सम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा पहिलो दिन केन्द्रमा आवद्ध सदस्यलाई सिकाई केन्द्रका बारेमा अभिमूखीकरण, दोश्रो दिन एन्जल फाउण्डेसन सहयोगमा स्वास्थ्य सम्बन्धि जनचेतान मुलक कार्यक्रम र अन्तिमदिन साधारण सभा गरि कार्यक्रम सम्पन्न हुने केन्द्रले जनाएको छ । अभिमुखीकरण कार्यक्रमा सहभागीलाई विराट सामुदायिक सिकाई केन्द्रका सचिव अर्जुन कुमार पाठकले सहजी करण गर्नु भएको थियो ।

२०६३ सालमा स्थापना भएको केन्द्रले सूचना प्रविधि सहितको साक्षरता तथा निरन्तर शिक्षा, प्रारम्भिक बाल विकास तथा शिक्षा, वैकल्पिक विद्यालय शिक्षा तथा सिकाइ कार्यक्रम,विभिन्न सिप विकास सम्बन्धी तालिम,सामुदायिक विकास, नागरिक शिक्षा, मानव अधिकार शिक्षा र अभिभावक शिक्षा, कानुनी साक्षरता शिक्षा, समाजहुने गरेका भेदभाव तथा लैङ्गिक हिंसा विरुद्धका जनचेतना मूलक कार्यक्रम, वातावरणीय संरक्षण तथा संवर्धन कार्यक्रम, सामुदायिक सरसफाइ तथा स्वास्थ्य शिक्षाका क्रियाकलापहरू, खेलकुद, व्यावसायिक तालिम, कला, साहित्य, संस्कृति, बालविकास तथा मनोरन्जनात्मक क्षेत्रका कार्यक्रम सन्चाल गर्दै आएको छ ।

यस्ता कार्यक्रमले समाज रुपान्तरणमा ठुलो सहयोग पुगेको कमल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले बताउनुभयो ।

समुदायिक सिकाई केन्द्रले समाजको आवश्यकता अनुसार साक्षरता, निरन्तर शिक्षा, जीवनपर्यन्त सिकाइ तथा सामुदायिक विकास कार्यक्रम पहिचान गर्दै समाज रुपान्तरणमा धेरै काम गर्दै आएको कमल गाउँपालिकाकी निवर्तमान तथा केन्द्रकी पूर्व अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।

केन्द्रका अध्यक्ष लैन बहादुर पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमा उपाध्यक्ष विजय कुमार अधिकारीले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो भने सचिव दुर्गा प्रसाद नेपालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

अभिूुखीकरण कार्यक्रममा केन्द्रका पुर्व अध्यक्ष शरण कुमार पराजुली, कमला मदन आश्रीत स्मृति माध्यमिक विध्यालयका प्रधानाध्यापक हिम प्रसाद दाहाल,शहिद धर्मभक्त माध्यमिक विध्यालयका सहायक प्रधानाध्यापक मधुसुदन अधिकारी, जेष्ठ नागरिक सघ कमल ३ का अध्यक्ष पुष्पप्रसाद बाँस्तोला , महिला शशक्ति करण केन्द्रकी अध्यक्ष पुर्णिमा देवान लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here