‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

0
10

झापा । आगामी वैशाख ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक भएको छ ।

ओएसआरको युट्युब च्यानलमार्फत रिलिज भएको गीतमा सत्यराज आचार्य र मेलिना राईको स्वर रहेको छ । गीतमा संगीत सत्य र स्वरुप आचार्यले दिएका छन् । सुरेन्द्र रानाको शब्द रचना रहेको यस गीतलाई म्युजिक प्रोडक्सनको काम रिकेश गुरुङको छ ।

फिल्मको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा र प्रकाश सपुतको जोडी देखिएका छन् भने अर्का जोडीमा सौगात मल्ल र सिर्जना अधिकारी रहेका छन् । ग्रामीण परिवेशको यस गीतको भिडियोलाई कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

यसअघि यो फिल्मको ‘उडि जाउँ भने, म पंक्षी होइन’ बोलको गीतले दर्शकमाझ लोकप्रियता कमाइरहेको छ । लोकलयमा आधारित यस गीतलाई दर्शकले युटुबमा अपलोड भएसँगै चर्चा सुरु हुन थालेको छ ।

गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’ बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बालकलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन् । लक्ष्मण सुनारले निर्देशन गरेको यस फिल्ममा संकल्प भुजेलको छायांकन रहेको छ ।

हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेलको लगानी रहेको यस भने फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् । फिल्मका गीतमा कोरियोग्राफी रामजी लामिछानेको छ । फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् भने रंग संयोजन कनाल कँुवरको छ । फिल्ममा भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादनको काम साहिल खानको छ ।

यस फिल्मको पार्श्व संगीतमा किरण तुलाधर,संगीतमा शान्ति ठटाल,सत्य-स्वरुप आचार्य र प्रकाश सपुतले गरेका छन्। फिल्मका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ।

यसै फिल्ममा कला निर्देशन प्रतिक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशकको जिम्मा करण बहादुर साउदको छ । फिल्मलाई नेपालभरको फिल्मको वितरण आर आर फिल्मसले गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here