इलाम–झापा मैत्री समाजद्वारा पाउ पाथीभरा मन्दिर परिसर सरसफाई

0
20

बिर्तामोड ।

नयाँ वर्षको पूर्वसन्ध्यामा इलाम झापा मैत्री समाजले चारआलीस्थित पाउ पाथीभरा मन्दिर परिसर सरसफाई गरेको छ ।

केहीदिन अघि मात्रै पाँचौं अधिवेशनबाट सर्वसम्मत रुपमा निर्वाचित नयाँ कार्यसमितिकी अध्यक्ष तिलोत्तमा खत्रीको नेतृत्वमा गएको टोलीले सोमबार पाउ पाथीभरा मन्दिर परिसर सरसफाई गरेको हो ।

नवनिर्वाचित कार्यसमितिले सरसफाईबाट आफ्नो कार्य प्रारम्भ गरेको उपाध्यक्ष नरेश कर्माचार्यले जानकारी दिए । इलाममा जन्मेर झापाका विभिन्न स्थानमा बसोबास गर्दै आएकाहरुको साझा संस्थाको रुपमा रहेको इलाम–झापा मैत्री समाजले विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।

इलामका विभिन्न शिक्षा, स्वास्थ्य तथा विपद्का घटनाहरुमा सहयोगका काम गर्दै आएको इलाम–झापा मैत्री समाजले झापामा समेत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । नयाँ कार्य समितिले आगामी दिनमा समेत सामाजिक क्षेत्रका गतिविधिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने इलाम–झापा मैत्री समाजका कार्य समिति सदस्य मोहन पराजुलीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here