सिकाइ केन्द्रको अध्यक्षमा नेपाल निर्वाचित

0
2

कमल ।

मेची सामुदायिक सिकाइ केन्द्रको आगामी चार वर्षे कार्यकालकालागी अध्यक्षमा दुर्गा प्रसाद नेपाल सर्व सम्मत चयान हुनुभएको छ ।

कमल ३ स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालयको सभाहलमा सम्पन्न सातौं वार्षिक साधारण सभा बाट सचिवमा केन्द्रकी सामाजिक परिचालिका सुनिता पोख्रेल भट्टराई सदस्यमा बदीराम राई , हिम प्रसाद दाहाल प्रेम कुमार भुजेल, लक्ष्मि न्यौपाने र राजन चापागाई समेत निर्विरोध निर्माचित हुनुभएको निर्वाचन समिति संयोजक सुर्य प्रसाद न्यौपानेले बताउनुभयो ।

केन्द्रको कार्यविधि अनुसार वाँकी दुई जना सदस्य निर्वाचित समितिले मनोनित गर्ने व्यवस्था भएकोले पहिलो बैठकले निर्णय गर्ने संयोजक न्यौपानेले बताउनुभयो । केन्द्रका अध्यक्ष लैन बहादुर पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभाबाट निर्वाचित सदस्यलाई व्याब्सन कोशी प्रदेश सचिव गौरिमान फागोले सफल कार्यकालको शुभकामना दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष नेपालले प्रतिवद्धता मन्तव्यका क्रममा आगामी कार्यकालका लागी आफुलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गराउनु भएकोमा धन्यवाद दिदै केन्द्रले सञ्चालन गर्ने सम्पुर्ण कार्यक्रम तथा गतिविधी सबैको साथ , सहयोग र सल्लाह अनुसार सन्चालन गरिने बताउनुभयो ।

कार्यक्रमा उपस्थित अतिथी तथा सहभागीलाई उपाध्यक्ष विजयकुमार अधिकारीले स्वागत गर्नु भएको थियो भने सचिव दुर्गा प्रसाद नेपालले सञ्चालन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here