जन्मोत्सवको अवसरमा विद्यालय पोशाक एवम् जुत्ता वितरण

0
2
अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिका–६ स्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक एवम् जुत्ता प्राप्त भएको छ ।
बिर्तामोड नगरपालिका–१का स्थायी बासिन्दा हाल अष्ट्रेलिया निवासी सामाजिक व्यक्तित्व लीलाबहादुर बस्नेतले जन्मोत्सवको सन्दर्भमा उक्त सामग्रीहरु प्रदान गरेका हुन् ।
जन्मोत्सव कार्यक्रमलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै केही सामाजिक कार्य गरौं भन्ने उद्देश्यले दाता बस्नेतले विद्यालयको विपन्न विद्यार्थीहरुलाई लक्षित गरि विद्यालय पोशाक एवम् जुत्ता वितरण गरेको विद्यालयकी शिक्षक एवम् सञ्चारकर्मी सञ्जु शिवाकोटीले जानकारी दिइन् ।
शिक्षक शिवाकोटीका अनुसार कार्यक्रममार्फत् बाल कक्षादेखि कक्षा–८सम्म अध्धयन गर्ने १५० जना विद्यार्थी लाभान्वित भएका छन् । दाता बस्नेतको यस सामाजिक कार्यले विद्यार्थीहरुको शैक्षिक आर्जनमा सहयोग पुग्ने एवम् अभिभावकहरुलाई राहत मिलेकोप्रति प्रधानाध्यापक डम्बर यादवले धन्यवाद ज्ञापन गरेका थिए ।
यता अभिभावकहरुले पनि दाता बस्नेतको कार्यको प्रशंसा गर्दै खुसी व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here