बिर्तामोड।

नारी सञ्चार गृह झापा र बि एण्ड सी मेडिकल अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
पूर्वाञ्चल क्यान्सर अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा बी एण्ड सी मेडिकल अस्पतालका जनसम्पर्क अधिकारी प्रमेश गिरी र नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आर्चायद्वारा सम्झौतामा हस्ताक्षर गरिएको हो ।
सम्झौताअनुसार नारी सञ्चार गृहका सदस्य तथा सदस्यका परिवारलाई उपचार सेवामा विशेष छुट प्रदान गरिनेछ । उक्त सम्झौता दुई वर्षका लागि कायम रहने जनाइएको छ ।
कार्यक्रममा बोल्दै अस्पतालका जनसम्पर्क अधिकारी गिरीले पत्रकारसँग सम्बन्धित संस्थासँग पहिलो पटक सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
त्यस्तै, नारी सञ्चार गृह झापाकी अध्यक्ष आर्चायले संस्थालाई प्राथमिकतामा राखेर गरिएको सहकार्यप्रति अस्पताललाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष तथा नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष अम्बिका भण्डारी, नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष विनिशा शर्मा लगायत दुवै पक्षका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।































