कलाकारिता छाडेर फ्रेस हाउस सञ्चालन

0
468

बिर्तामोड । डेढ लाख रुपैयाँ खर्चिएर खाडी मुलुक गएका नेपाली युवाको कमाई मासिक ३५ हजार नहुन सक्छ । तर, झापाको शनिअर्जुन नगरपलिका–५ का एक युवाले स्वदेशमै बसेर मासिक ३५ हजार रुपैयाँ आम्दानी गरिरहेका छन् ।
रोजगारीको सिलसिलसिलामाpiccc copy दुई वर्ष अघि कतार पुगेका २८ वर्षीय देव ढुंगाना अहिले बिर्तामोडस्थित कृषि उपज बजारमा फ्रेस हाउस सञ्चालन गर्दैछन् । विदेशमा भने जस्तो कमाई नभएपछि स्वदेश फर्किएर फ्रेस हाउस सञ्चालन गर्न थालेको उनले बताए । सोही फ्रेस हाउसबाट उनको मासिक कमाई ३५ हजार हुने गरेको उनले बताए । ‘शुरु–शुरुमा विदेशमा गरेको दुःख सम्झिएर काम गरें, कमाई हुँदै गयो अहिले त्यही व्यवसायले मनग्य आम्दानी हुन थालेको छ’ उनले भने– ‘विदेशमा संघर्ष गर्न सिकें त्यही संघर्षले मलाई यहाँसम्म ल्यायो ।’
विदेश जानु अघिसम्म कलाकारितामा पनि उत्तिकै दखल राखेका उनले दुईवटा चलचित्रमा अभिनय समेत गरे । ‘तर तिम्रै माया लाग्छ’ नामक आफैंले लेखेको चलचित्रमा उनले खलनायकको भूमिका निर्वाह गरेका थिए भने ‘स्र्वगकी परी’नामक चलचित्रमा सह नायकको रुपमा भूमिका निर्वाह गरेका थिए । कलाकारिता क्षेत्रबाट नाम कमाएपनि दाम कमाउ
न नसकेपछि आफू विदेशिएको दुखेसो सुनाउँदै उनले भने– ‘विदेशमा पनि राम्रो आम्दानी गर्न सकिन तर सघर्ष गर्न भने सिकेर आए । आज त्यही संघर्षले गर्दा फ्रेस हाउस सञ्चालन गरिरहेको छु ।’
‘आफ्नै घर परिवारसँग बसेर विदेशको भन्दा राम्रो कमाई गर्न थालेपछि मेरो परिवार पनि खुशी छ’ उनले भने – ‘मामाको प्रेरणाले फ्रेस हाउस सञ्चालन गरेको हुँ । यही फ्रेस हाउसले मलाई चिनायो पनि । थोरै लगानीमा पनि राम्रो आम्दानी गर्न सकिदो रहेछ, काम गर्ने इच्छा शक्ति भए भविष्य खोज्दै कोही कसैले विदेशिनु पर्दैन ।’ ढुंगानाले भने । मामाले सञ्चालन गरेको कुखुरा फार्मबाट कुखुरा ल्याएर आफूले फ्रेस हाउस मार्फत् बिक्री गर्ने गरेको उनले बताए । ‘मामाको प्रेरणाले खोलिएको फ्रेस हाउसको नाम पनि मैले मामा–भान्जा नै राखें’ उनले भने– ‘यही फ्रेस हाउसबाट विदेशको भन्दा राम्रो कमाई गरिरहेको छु अब विदेश जान्न ।’
एलएलसीसम्म मात्रै अध्ययन गरेका ढुंगानाले बहकिएर नबुझी विदेशिने युवालाई सुझाउँदै भने– ‘धेरै कमाउने लोभमा नबुझी विदेश गए दुःख मात्र पाइन्छ बरु यही केही गरियो भने परिवारसँगै त बस्न पाइन्छ नि ।’ कुनैपनि कामलाई सानो–ठूलो भनेर हेला गर्न नहुने भन्दै ढुंगानाले श्रमको मूल्याङ्कन गर्न सकेमा विदेशको भन्दा धेरै स्वदेशमा नै आम्दानी गर्न सकिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here