साढे चार लाखको सामान बरामद

0
744

बिर्तामोड, माघ २६। अबैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवस्थामा ४ लाख ६७ हजार रुपयाँ बराबरको मोटरपाट्र्स इलाका प्रहरी कार्यालय बिर्तामोडले बरामद गरेको छ ।
मे१च ४२३८ नम्बरको बसमा लुकाएर ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले सो मूल्य बराबरको सामग्री बरामद गरेको हो ।
बरामद गरिएका सामान करिब चार लाख ६७ हजार एक सय ७९ रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको सामान र बसका चालकलाई आवश्यक अनुसन्धानका लागि मेची भन्सार कार्यालय बुझाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here