रेडक्रसको स्वर्ण जयन्ती

0
944

बिर्तामोड, बैशाख २४। रेडक्रसको स्वर्ण जयन्ती तथा विश्व रेडक्रस दिवसको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटी झापा शाखाले आइतवार विशेष समारोहकाबीच आयोजना गरी स्वर्ण जयन्ती स्तम्भको शिलान्यास गरेको छ ।
स्तम्भ विनय पोख्रेल, मञ्जु पोख्रेल, सञ्जय पोख्रेल र उनको परिवारले निर्माण गर्न बताइएको छ । स्तम्भ निर्माणको शिलान्यास बैदिक विधिपूर्वक इँटा राखेर गरिएको थियो ।
रेडक्रस झापा जिल्ला सभापति लोकराज ढकाल र प्रमुख अतिथि रेडक्रस केन्द्रीय कार्य समितिका सदस्य भक्त खवासले संयुक्त रुपमा स्वर्णजयन्ती कार्यक्रमको पानसमा बत्ती बाली व्यानर अनावरण गर्दै उद्घाटन गरेका थिए ।
शाखाका उपसभापति ओमप्रकाश गौतमले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि खवासले रेडक्रसले गरेको योगदान, विगत र वर्तमानको अवस्थाकाबारेमा प्रकाश पारेका थिए । रेडक्रस शाखाका भूपू सभापति नारायण पराजुली, स्तम्भ निर्माणकर्ता बिनय पोख्रेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै सभापति ढकालले रेडक्रसले प्राकृतिक विपत्तिको समयमा गरेको सेवा र सबैको सहयोगले रेडक्रस सबैको मनमा बसेको बताए । उनले देशका ७७ जिल्लामध्ये आपदा पुरस्कार प्राप्त गर्ने झापा पहिलो जिल्ला रहेको भन्दै समग्रमा देशकै दोस्रो उत्कृष्ट जिल्ला भएर नेपाल रेडक्रसको केन्द्रीय महाधिवेशनमा पुरस्कार, प्रशंसा–पत्र तथा सम्मान प्राप्त गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here