ज्याला माग्दै चिया मजदुर सडकमा

0
524

 

बिर्तामोड,  साउन १ गतेबाट वृद्धि भएको न्यूनतम पारिश्रमिक पाउनु पर्ने, श्रम ऐन २०७४ मा व्यवस्था भएको सेवा सुविधा कार्यान्वयन गरिनु पर्ने र सामाजिक सुरक्षामा सबै श्रमिकलाई सूचिकृत गरिनु पर्ने लगायतका माग राख्दै चिया मजदुर तीन दिनदेखि आन्दोलनमा छन् ।

नेपाल कृषि तथा वगानक्षेत्र श्रमिक संघ, नेपाल चिया वगान श्रमिक संघ र अखिल चिया मजदुर संघले आज मजदुरका माग पूरा गरिनु पर्ने भन्दै झापाको बिर्तामोडमा प्रर्दशन गरेका छन् । बिर्तामोडस्थित नेपाल चिया विकास निगमको  कार्यालय घेराउ गर्दै मजदुरले सडकमा ¥याली निकालेका छन् । मजदुरले निकालेको ¥याली बिर्तामोड परिक्रमापछि  मुक्ति चौकमा पुगेर सभामा परिणत भएको थियो ।

सो समारोहमा बोल्दै नेपाल चिया वगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दिपक तामाङले लामो समयदेखि झापासहित चिया उत्पादन हुने जिल्लाका चिया मालिकद्वारा मजदुरमाथि गरिएको चरम शोषण सरकारले अन्त्य गरिदिएको भए पनि सरकारले तोकेको ज्याला दिन बगान मालिकले अझै आनाकानी गरिरहेको आरोप लगाउनुभयो । उहाँले सरकारले तोकेको ज्याला नपाएसम्म आन्दोलन जारी रहने बताउनुभयो । उहाँले भन्नुभयो – पारिश्रमिक कार्यन्वयनका लागि हामी ट्रेड युनियनले गत असोज १० गते सम्पूर्ण चिया प्रतिष्ठान बन्द गर्ने गरी आन्दोलनको घोषणा गरेका थियौं, सो समयमा चियाक्षेत्रको अध्ययन उच्चस्तरीय कार्यदल गठन गरेर प्रतिवेदन तयार पार्ने भनेपछि आन्दोलन रोकेका थियो, तर हालसम्म कार्यन्वयन नभएपछि बाध्य भएर मजदुरले आन्दोलन गरेका हुन् ।’

कार्यदलले फागुन ३० गते नै सरकारलाई प्रतिबेदन बुझाए पनि हालका मितिसम्म पारिश्रमिक कार्यन्वयनमा सरकारले चासो नदिएको उहाँको भनाई छ ।

कार्यक्रममा बोल्दै अखिल चिया मजदुर संघका केन्द्रीय अध्यक्ष सीता सापकोटाले चिया प्रतिष्ठानमा अनिश्चितकालीन तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएका चिया मजदुरले सरकारले तोकेको न्यूनतम ज्याला बमोजिम दैनिक पारिश्रमिक २ सय ३१ रुपैयाँ र महंगी भक्ता १ सय ४५ रुपैयाँ नपाएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।

नयाँ श्रम ऐन २०७४ जारी भई सो ऐनले चिया बगानका श्रमिक र अन्य क्षेत्रका श्रमिकबीचको विभेद अन्त्य गरी सरकारले न्यूनतम ज्याला तोक्दा पनि चिया बगान मालिकले सो नियमको पालना नगरी चिया मजदुरमाथि विभेद गरेको सापकोटाको आरोप छ ।

त्यस्तै नेपाल कृषि तथा वगानक्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष रहीकुमार राईले धेरै पटक आफूहरुले पाउनु पर्ने न्यूनतम पारिश्रमिक माग्दा समेत दिन आनाकानी गरेकाले आन्दोलन गर्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘नौ महिनासम्म मजदुरले श्रम ऐनमा व्यवस्था भए अनुरुपको सेवा सुविधा पाएनन् अब साउन १ गतेबाट नै बढेको तलव मजदुरले नपाउन्जेल आन्दोलन जारी रहन्छ ।’

आन्दोलनका कार्यक्रमबारे जानकारी दिँदै  जिफन्टका प्रदेश १ का उपाध्यक्ष सन्तकुमार राईले बताउनुभयो – ‘चैत २० गते प्रत्येक इकाइमा औजारसहित जुलुक निकाल्ने, २१ गते काँकडभिट्टामा विरोधसभा गर्ने र हाम्रा माग पूरा नभए आन्दोलन अनिश्चितकालीन गर्छाैं ।’

कार्यक्रममा नेपाल टे«ड युनियन कांग्रेसका झापा सभापति यज्ञप्रताव अधिकारीले समेत सम्वोधन गर्नुभएको थियो । उहाँले  झापा, इलाम, धनकुटा, पाँचथर र तेह्रथुममा बढी चिया खेती हुने भएकाले ती जिल्लामा बढी मजदुर कार्यरत रहेका बताउनुभयो ।

बगानमा चिया टिप्ने सिजनमा ५५ देखि ६० हजार मजदुरले काम गर्ने गरेका छन् भने नियमित रुपमा २५ हजार मजदुर चिया बगान र चिया उद्योगमा काम गरिरहेको अधिकारीको भनाई छ ।

झापामा मात्र २८ वटा सिटिसी चिया उद्योगमा मजदुर कार्यरत छन् । उनीहरुले दैनिक ८ घण्टा काम गरेपनि दैनिक २७८ रुपैयाँ मात्र ज्याला पाउने गरेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here