मेलिण्डाको जहाज बनाउने सपना

0
691
भुवन तामाङ ।

अमेरीकाको एक नामी शहरको आवाशीय क्षेत्रको हरियो चउरमा दुई बालिकाहरु खेल्दै छन् । खेल्दै गर्दा अमेरीकी मुलकी बालिका मेलिण्डा खुशी व्यक्त गर्दै भन्छिन्– ‘ऋतिका ! तिमीलाई थाहा छ ? मेरो ड्याड साईन्टिस्ट् हुन् नि ।’ नेपाली मुलकी बालिका ऋतिका पनि खुशी हुँदै भन्छिन्– ‘ए हो र ! तिम्रो ड्याड् साईन्टिस्ट् हुनुहुँदोरहेछ । यो त धेरै राम्रो कुरा भयो ।’

मेलिण्डा फेरि भन्छिन्– ‘मेरो ड्याड जमिन, आकाश र समुद्रमुनिको एकमहिने टुरमा जाँदै हुनुहुन्छ । टुरबाट ड्याडले मेरालागि धेरै कुरा ल्याउनु हुनेछ र धेरै फोटाहरु पनि खिचेर ल्याउनु हुनेछ ।’ ऋतिका जवाफमा भन्छिन्– ‘आहा कस्तो खुशीको कुरा तिम्रा लागि । ती फोटाहरु हेरेर म पनि रमाउँला नि । होइन त साथी मेलिण्डा !’

यतिकैमा मेलिण्डको ड्याड पनि चउरमा आइपुग्छन् । मेलिण्डा आप्mना ड्याडसँग भ््mयाम्मिदै भन्छिन्– ‘ड्याड टुरबाट मलाई धेरै कुरा ल्याउन नभुल्नु होला ।’ ‘मेरी प्यारी छोरीका लागि टुरको चिनो ल्याउन किन भुल्थेँ र’ –मेलिण्डाको ड्याड छोरीलाई भन्छन् । मेलिण्डा आप्mनो साथी ऋतिकातर्पm देखाउँदै चिनाउँछिन्– ‘डयाड् यिनी मेरी साथी ऋतिका ।’ ऋतिका मेलिण्डाको ड्याडलाई नमस्ते गर्छिन् । मेलिण्डा आप्mनो ड्याडसँग लाडे पल्टिँदै भन्छिन्– ‘ड्याड हजुर त हजाइजहाज, रकेट अनि पानीमुनि चल्ने पन्डुब्बी जहाजमा टुर गर्नुहुन्छ अनि मलाई चाहिँ कहिले जहाज चढाउनु हुन्छ ?’ छोरीको जिज्ञासामा मेलिण्डाको ड्याड भन्छन्– ‘तिम्रो स्कुल बिदा भएपछि तिमी, म अनि तिम्रो मम्मी बिदा मनाउन जाँदा हजाईजहाज चढेर जाऔँला, हुँदैन त छोरी ?’ मेलिण्डा खुशीले बुरुक्कै उफ्रन्छिन् ।

मेलिण्डा र उनको ड्याडको कुरा ध्यानसँग सुनिरहेकी ऋतिका अनायासै जिज्ञासा व्यक्त गर्छिन्– ‘अंकल ! हजुर जमिन, आकाश र समुद्रमा टुर गर्दा कतिवटा जहाजमा यात्रा गर्नु हुन्छ ?’ ऋतिकाको प्रश्न सुनेर मेलिण्डाको ड्याड अवाक हुन्छन् । केहीक्षणको मौनतापछि भन्छन्– ‘निश्चय पनि जमिनमा हवाइजहाज, अन्तरिक्षमा रकेट र समुद्रमा पन्डुब्बी जहाजमा बसेर यात्रा गर्छु ।’ मेलिण्डाको ड्याडको जवाफ सुनेर ऋतिका मजाले हाँस्छिन् । मेलिन्डा र उनको ड्याड आश्चर्य मानेर ऋतिकालाई एकटकले हेर्दछन् ।

‘मेलिण्डाको ड्याड सोध्छन्– तिमी किन हाँसिरहेकी छौ ? आखिर तीन क्षेत्रमा तीनै किसिमको जहाज बाहेक यात्राका लागि अर्को कुन जहाज उपयुक्त हुन सक्छ र ?’ गम्भीर बन्दै ऋतिका जवाफमा भन्छिन्– ‘एउटै जहाजबाट जमिन, आकाश र समुद्रसतहका साथै समुद्रमुनिको सजिलै यात्रा गर्न सकिन्छ ।’ मेलिण्डाको ड्याड आश्चर्य मान्दै सोध्छन्– ‘कसरी ? यो त हुनै सक्दैन ।’ ऋतिका विश्वासिलो आवाजमा भन्छिन्– ‘हो, एउटै जहाजले यी तिनै क्षेत्रमा यात्रा गराउन सक्छ ।’ मेलिण्डाको डयाड् फेरि सोध्छन्– ‘मैले त आजसम्म यस्तो सुनेको, देखेको छैन । तिमी यति सानी छौ । कसरी यस्तो कुरा गरिरहेकी छौ ? कुनै रहस्य ?’

ऋतिका जवाफमा भन्छिन्– ‘मेरा बाबा संस्कृत भाषाका शिक्षक हुनुहुन्छ । संस्कृत भाषामा लेखिएका वेदहरु र धेरै ग्रन्थहरुमा भएका कुराहरुको ज्ञान उहाँमा छ । लाखौँ करोडौँ वर्ष पहिले नै वैदिक कालमा एउटै विमानमा देवताहरु जमिन, आकाश र समुद्रसतहका साथै समुद्रमुनिको यात्रा गर्दथे भनेर पढाउनु हुन्छ ।’–ऋतिकाको कुरा सुनेर मेलिण्डाको ड्याड भन्छन्– ‘असम्भव, ती सबै काल्पनिक कुरा होलान् ।’ ऋतिका फेरि भन्छिन्– ‘यी सत्य कुरा हुन् । जर्मनी देशका विद्यार्थी, शिक्षक तथा वैज्ञानिकहरुले पनि संस्कृत भाषा र संस्कृतमा लेखिएका वेदका साथै धेरै ग्रन्थहरु अध्ययन गरिरहेका छन् भनेर मेरा बाबाले भन्नुभएको छ ।

अंकल तपाईलाई वेदाज्बारे थाहा छैन ?’ मेलिण्डाको ड्याड भन्छन्– ‘यस्तो वाहियात् प्रश्न नसोध मलाई । यस्तो कुरा सुनेर समय खेल फाल्नु छैन मलाई, म जान्छु ।’ –आप्mनो ड्याडको कुरा सुनेर मेलिण्डा गम्भिर हुँदै भन्छिन्– ‘ड्याड ! तपाईलाई बालबालिका झुठो बोल्दैनन् भन्ने तथ्य थाहा छ नि, हो कि ? ऋतिकाले भनेको साँचो नै हुनुपर्छ । ड्याड तपाईलाई यसप्रति रुची नभए पनि मलाई भने रुची बढेर आयो ।’

मेलिण्डाको ड्याड सम्हालिँदै छोरीलाई भन्छन्– ‘छोरी मेलिण्डा ! मलाई तिम्रो बालबालिका झुठो बोल्दैनन् भन्ने भनाइले गम्भीर बनायो । तिमीले भन्यौ कि संस्कृत भाषाप्रति रुची बढेर आयो । भन त छोरी ! अब तिमी के गर्छौ ?’ –ढिला नगरी मेलिण्डा भन्छिन्– ‘म संस्कृत अध्ययन गर्नेछु, संस्कृत भाषामा लेखिएका ज्ञान पान गर्नेछु । भविष्यमा म पनि वैज्ञानिक बनेर वेदाज्मा भनिए जस्तै जमिन, आकाश र समुद्रसतहका साथै समुद्रमुनी चल्ने एउटै अत्याआधुनिक स्मार्ट जहाज आविष्कार गर्छु ।

जसले गर्दा आकाश, जमिन र समुद्रको यात्रामा धेरै सहजता हुनेछ र त्यस्तो आविष्कारले मानव सभ्यतालाई सर्वोत्तम परिणाम दिनेछ ।’ मेलिण्डाको ड्याड भुइँमा थुचुक्कै बस्छन् अनि मेलिण्डा र ऋतिकालाई निहुरिएर अभिवादन गर्दैै भन्छन्– ‘ओ माई गड् ! यू बोथ चाइल्ड ह्याभ ओपेन्ड माई इनर आईज् टुडे ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here