जीवन जर्जिना सच्चा प्रेमको प्रतीक

0
698
नरेन्द्र ढकाल ।

पूर्वी नेपाल साहित्यको उर्वर भूमि हो । कला र साहित्यले भरिएका विभिन्न कलाकर्मी र साहित्यकारहरुले देश तथा विदेशलाई नेपाललाई चिनाइ सकेका छन् । पूर्वको इलाम पनि साहित्यको क्षेत्रमा अग्रस्थानमा नै आउने गरेको छ ।

भौगोलिक विकटताका कारण अझैपनि धेरै साहित्यकारहरु बाहिर आउन सकेका छैनन् । भनिन्छ– जहाँ रवि पुग्छ त्यहाँ कवि पुग्छ । साहित्यले मायाप्रेम, राष्ट्रिभक्तिलाई जति उठाउन गर्न सक्छ अन्य क्षेत्रले त्यसको तुलनामा कमै मात्र उठान गर्न सक्ला । साहित्यको सिर्जजना गरेर पनि धेरै साहित्यकारहरु ओझेलमा परिरहेका बेला त्यस्तै ओझेलमा परेका साहित्यकार हुन्– पूर्णचन्द्र विवश ।

इलामको रोङ–२ (तत्कालीन शान्तिपुर गाविस) बरफल्याङमा पिता भीमबहादुर प्रधान र माता मनमाया प्रधानको सुपुत्रको रुपमा वि.सं. २०२६ पुस २१ ग्ते जन्मिएका विवश सानै उमेरदेखि साहित्य क्षेत्रका चम्किला नक्षत्र बनेका थिए । अंग्रेजीमा बीएडसम्मको अध्ययन गरेका विवश हाल पनि शिक्षण पेसामा नै कार्यरत रहेका छन् । धेरै कृतिहरु प्रकाशन गर ेपनि खासै चर्चामा नरहेका विवशले पछिल्लो समय सच्चा प्रेमप्रतिको भाव झल्काउन सक्ने कृति जीवन जर्जिना नामक उपन्यास बजारमा ल्याएका छन् ।

श्रीमती अनिता प्रधानको साथ र सहयोगका साथै तीन जना छोराछोरीको हौसलाका कारण पनि साहित्यका अझ कलम चलाउन प्रेरणा मिलेको उनी बताउँछन् । विद्यालय उमेरदेखि नै निकै तिख्खर रुपमा साहित्यको सिर्जजना गर्ने गरेका विवश कविता बाचानमा जिल्ला प्रथम समेत भएका थिए । भौगोलिक हिसाबले शान्तिपुर विकट भए पनि उत्कृष्टतालाई कसैले रोक्न नसक्ने मान्यता राखेका विवशले उच्च शिक्षा झापा र इलामका कलेजहरुबाट हासिल गरेका हुन् ।

गाउँले परिवेशमा जन्मिएका र कर्मक्षेत्र पनि सोही परिवेशमा भएका साहित्यकार विवशले वि.सं. २०६२ सालमा मानव चित्कारको प्रतिध्वनि कथा संग्रह प्रकाशन गरेका थिए । झुपडीको आगो, अनवरत पश्चताप, एक जीवन अनेक मोड, अन्तिम विजय नामक नाटकहरु मञ्चित गरिसेका उनले विभिन्न पत्रपत्रिकामा फुट्कर कविता कथा र गजल प्रकाशन गरेका छन् । विवशको अश्वमेघ कविता संग्रह, विश्व विजय उपन्यास र निरो बाँसुरी बजाइरहेछ, रोम जलिरहेको बेला कविता संग्रह प्रकाशोन्मुख कृतिहरु रहेको साहित्यकार विवशले बताए ।


पछिल्लो पटक बजारमा आएको जीवन जर्जिना एउटा मार्मिक समसामयिक उपन्यास हो । प्रयुक्त भाषाशैली, स्तरीय लेखन र शब्द संवादले सबैलाई मोहीत तुल्याउँछ । अस्तित्ववादी दर्शनलाई साहित्यकारले शिलशिलाबद्ध ढङमा संवादको रुपमा प्रस्तुत गरेका छन् ।

झापाको तत्कालिन टिमाई भुटानी शरणर्थी क्यापदेखि थाइलेण्डसम्मका परिवेशलाई समावेश गरिएको उपन्यास जीवन जर्जिनामा मुख्यपात्रको रुपमा जीवन र जर्जिना नै रहेका छन् । धेरै पात्र भए पनि उनीहरुको भूमिका प्रभावकारी देखिन्छ उपन्यासमा ।
उपन्यासमा जीवनको सच्चा प्रेम देखेर जर्जिना गहभरी आँशु झार्दै भन्छिन्– आखिर जीवनभरको तिम्रो साँचो मीठो कल्पना र जीवनदर्शनको सिद्धान्त कमोजिम तिमी बाँच्यौ र त्यसरी नै म¥यौ पनि । जीवनले आफ्नो प्राणलाई आहुती दिए पनि नैतिक रुपमा विजयी हासिल गरेको उपन्यासको अन्तिम निष्कर्ष छ ।

माया र प्रेमका निम्ति सबैकुरा फिक्का हुन्छ भन्ने जीवनले उपन्यासमा सावित गरिदिएका छन् । आफ्नो मृत्युको कुनै प्रवाह नै नगरि जर्जिनाको खुशीका निम्ति सोच्ने जीवनको प्रेमले सच्चा प्रेमलाई सदा जिवित बनाई दिएको छ । उपन्यासमा मानवीय मनका जटिलता, अनेक मनोग्रन्थीहरुलाई देखाउँदै पाठकलाई आकर्षित गर्न सफल भएको छ । जीवनमा देखेका, भोगेका, सुनेका अनुभव गरेका यर्थाथलाई उपन्यासमा विभिन्न पात्र मार्फत साहित्यकार विवशले प्रस्तुत गरेका छन् ।

जीवन र जर्जिनाको असफल तर आत्मिक प्रेमको दुःखान्त प्रेमकथालाई समेटिएको छ । इलामको रोङमा जन्मिएको जीवन अध्ययनसँगै आर्थिक उपार्जन गर्न पनि सक्रिय हुन्छ । जीवन काठमाडौंमा बागवानी फूल खेती गर्छ र सोही क्रममा सहयोगीको रुपमा रहेकी जर्जिनासंगको सामिप्यता बडेर जान्छ ।

उपन्यासमा साहित्यकार विवशले प्रेम प्राप्ती मात्र होइन त्याग पनि हो भन्ने सन्देशलाई प्रमुखता दिएको पाइन्छ । प्रेममा आर्थिक क्षेत्रले कस्तो प्रभाव बनाउँछ भन्ने कुरालाई उपन्यास जीवन जर्जिनामा राम्रोसँग केलाउने प्रयास गरेका छन् साहित्यकार विवशले । उपन्यासमा युद्ध विरोधी धारणा, राष्ट्रप्रेम, प्रकृतिको मनोरम चित्रण, अन्तरजातीय विवाह, अन्याय, अत्याचार अन्धविश्वासको विरोध निम्न वर्गिय समुदायको अवस्थालाई चित्रण गरिएको छ । सरल भाषा र कौतुहलपूर्ण घटनाले उपन्यासको बजन अझ बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here