नमूना वनको विशेष सभा

0
434

अर्जुनधारा।

नमूना सामुदायिक वन उपभोक्ता समूह अर्जुनधारा–९ को विशेष साधारण सभा सम्पन्न भएको छ । समूहको कार्ययोजना अनुसारको कार्यहरु गर्न र उपभोक्ताहरुको हितको लागि गरेको निर्णयहरु अनुमोदन गरेर लैजानुपर्ने आवश्यक भएको हुँदा विशेष सभाको आयोजना गरिएको बताइएको छ ।

समूहका अध्यक्ष भानु श्रेष्ठको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले तीन वटा प्रस्ताव पेश गरेका थिए । पेश गरिएको प्रस्तावहरुमा गत आर्थिक वर्षको आय–व्यय विवरण, चालू आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम र समूहको घाटगद्दीमा रहेका काठ–दाउरा सम्बन्धित निकायसँग अनुमति लिई बिक्रीवितरण गर्ने रहेको छ ।

प्रस्तुत प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको अनुमानित आम्दानी ३४ लाख ८९ हजार चार सय ७१ रुपैयाँ १० पैसा उल्लेख गरिएको छ । उक्त आम्दानी मध्ये गरिबी न्यूनीकरण सामुदायिक विकास कार्यक्रममा १२ लाख २१ हजार तीन सय १४ रुपैयाँ ७५ पैसा, वन विकासतर्फ आठ लाख ७२ हजार तीन सय ६७ रुपैयाँ ८५ पैसा, संस्थागत तथा भौतिक विकासतर्फ आठ लाख ७२ हजार तीन सय ६७ रुपैयाँ ७५ पैसा र प्रशासनिक खर्चतर्फ पाँच लाख २३ हजार चार सय २० रुपैयाँ ७५ पैसा विनियोजन गरिएको छ ।

कार्यक्रममा अर्जुनधारा–१० का वडाध्यक्ष बलदेवसिंह गोम्देन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्प तामाङ, सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालका महासचिव हर्कराज राई, किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर अध्यक्ष तिलसिंह माङ्मु लिम्बू, समूहका प्रमुख सल्लाहकार छविलाल भट्टराई, मोहन सुब्बा लगायतको आतिथ्य रहेको थियो ।

समूहका उपाध्यक्ष सूर्यप्रकाश अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य सन्तकुमार राईले गरेका थिए । गत पुस १४ गते सम्पन्न समूहको साधारण सभाबाट विधान संशोधन र नयाँ पाँच वर्षे कार्ययोजना पारित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here