गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार शुरु

0
505

झापा ।

लिच्छविकालमा निर्माण भएको ऐतिहासिक, धार्मिक, सांकृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार एवं छाना फेर्ने काम शुरु भएको छ ।तीनतले प्यागोडा शैलीको मन्दिरमा दुई तला झिँगटीले छाइएको छ ।

तलका ठूला दुई तला झिँगटीले छाएको मन्दिर जीर्ण बनेको थियो । पुरातात्विक महत्वका काठ बिग्रन थालेको थियो । टुँडाल झर्न थालेका थिए । मन्दिर संरक्षणका लागि पुरातत्व विभागले रु एक करोडको लागतमा जीर्णोद्धार गर्न लागेको गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो नगरपालिका र स्थानीयवासीको सक्रियतामा मन्दिरमा तामामा सुनको लेप लगाई छाना फेर्ने काम पनि शुरु भएको छ ।

यसका लागि गत वर्ष श्रीमद्भागवत महायज्ञ आयोजना गरिएको थियो । महायज्ञबाट रु तीन करोड उठेको थियो । नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरेको छ । छाना फेर्न रु १७ करोड बजेट लाग्ने प्रारम्भिक अनुमान गरिएको छाना पुनःनिर्माण समितिका संयोजक कोमलबहादुर विष्टले बताउनुभयो ।

मन्दिरको छाना फेर्न रु २४ लाख ५१ हजार १११ सहयोग गर्ने गोकर्णेश्वर नगरपालिका वडा नं. ४ तालिञ्चोकका उत्तमकुमार थापालाई शनिबार मन्दिर आयोजित विशेष कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले सम्मान गर्नुभयो । हालसम्म बीचको तलाको छाना फेर्ने बजेट प्राप्त भएको जनाइएको छ ।कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नगरपालिकाको नाम समेत मन्दिरकै नामबाट राखिएकाले जीर्णोद्धार एवं छाना फेर्ने कामलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

काम सम्पन्न गर्न अझै स्रोत अपुग हुने भएकाले फेरि महायज्ञ आयोजना गर्ने विषयमा छलफल भइरहेको नगर प्रमुख चालिसेले सुनाउनुभयो ।मन्दिरमा भाद्र कृष्ण औँसी अर्थात् बाबुको मुख हेर्ने दिन दिवङ्गत पिताको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वरमा पुगी जल, पिण्ड र सिदादान गरेमा घर, मामाघर र ससु्राली तर्फका २१ पुस्ता तर्छन् भन्ने पौराणिक मान्यता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here