बाहुनडाँगी।
बाहुनडाँगी जेसीजको आयोजनामा जारी ८ दिवसीय तालिम अन्तर्गत शनिवार ‘नेतृत्व विकास’ सम्बन्धी तालिम सम्पन्न भएको छ ।
सहारा ज्येष्ठ नागरिक भवन मेचीनगर– २ भृकुटीमा भएको तालिममा साबिक बाहुनडाँगी गाविसभित्र रहेका राजनीतिक दल, सामाजिक संघसंस्था, टोल विकास संस्था, विद्यालय व्यवस्थापन समिति, सहकारी, सामुदायिक वन, सामुदायिक सेवा केन्द्रबाट १ सय ४८ जनाको सहभागिता रहेको थियो ।
तालिममा नेपाल जेसीजका ट्रेनर सिनेटर केदार भण्डारीले प्रशिक्षण दिएका थिए । तालिममा सामाजिक संघ–संस्थाको नेतृत्व गर्न एउटा व्यक्तिमा कस्ता गुणहरुको आवश्यकता पर्छ ? सामाज नेतृत्व गर्नका लागि एउटा व्यक्तिले पहिले घरको सफल नेतृत्व गर्न सक्नुपर्छ जस्ता विषयहरुमा प्रशिक्षण गराइएको थियो ।
नेपाल जेसीजका तालिम आयुक्त एकराज गिरीको प्रमुख आतिथ्य तथा बाहुनडाँगी जेसीजका अध्यक्ष कञ्चन उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बाहुनडाँगी जेसीजका पूर्वअध्यक्ष उत्तम सिठुङ, बाहुनडाँगी सामुदायिक सेवा संघका अध्यक्ष सनतकुमार अधिकारी, बाहुनडाँगी जेसीजका पूर्व महासचिव दीपक बराल, बहुवन सामुदायिक वनकी सचिव इन्दिरा पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कोषाध्यक्ष राजेश थापाले स्वागत गरेको कार्यक्रममा आस्थापाठ कार्यक्रम संयोजक सागर कार्कीले गरेका थिए । प्रशिक्षण कार्यक्रमको सञ्चालन महासचिव देबु बानियाँले गरेका थिए ।































