प्लाष्टिकका भाँडामा दूध बोक्न नपाइने

0
652

झापा।

दूधमा मानिसले खाने सोडा तथा साबुन बनाउन प्रयोग हुने काष्टिक सोडा (जसले दूध जम्न र फाट्न दिँदैन), चिनी र पीठोलगायतका वस्तु मिसाउने गरेको जनगुनासो बढेको छ ।

दूधमा केमिकल नमिसाउन तथा प्लाष्टिकका भाँडामा दूध बोक्न तथा भण्डारण नगर्न नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सचेत गराएको छ । दूध तथा दूग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ अनुसार प्लाष्टिकका भाँडामा दूध बोक्न तथा भण्डारण गर्न पाइने छैन भने बासी दूध पनि बिक्री गर्न पाइने छैन । अब कृषकले बिहानको बिहानै र साँझको दूध साँझै बिक्री गर्नुपर्नेछ ।

काभ्रेपलाञ्चोकका केही व्यवसायीले दूध बोक्न तथा भण्डारण गर्न निर्देशिका अनुसारको स्टिल तथा आल्मुनियमका भाँडा प्रयोग गरिसकेका र केहीले भाँडा बनाउन दिएको बताइएको छ । निर्देशिका अनुसार अब कृषकले समेत प्लाष्टिकको भाँडोमा दूध बोक्न पाउने छैनन् । केही व्यवसायीले स्टिल तथा आल्मुनियमका भाँडा बनाउन अनुदान मागेकाले सोसम्बन्धी केन्द्रीय कार्यालयमा छलफल भइरहेको छ ।

वासी दूध तताउँदा दूधको एसिडिटी बढ्ने र उक्त दूध सेवन गर्दा मानव स्वास्थ्यमा असर पर्ने बताइएको छ । बासी दूध नजमोस् र नफाटोस् भन्नका लागि दूधमा काष्टिङ सोडा, चिनी र पीठो प्रयोग गरिएको हुन्छ । काभ्रेका केही व्यवसायीले दूध बोक्न तथा भण्डारण गर्न पुरानै विधि अपनाउने भन्दै अटेर गरेको बताइन्छ ।

खाद्य पदार्थमा समस्या थपिँदै गएपछि प्रभावकारी अनुगमन गरी नियमन गर्न मुलुकको नयाँ संरचना अनुसार २४ स्थानमा डिभिजन कार्यालय स्थापना गरिएको बताइएको छ । विराटनगर, जनकपुर, हेटौँडा, भैरहवा, नेपालगञ्ज र धनगढीमा क्षेत्रीयस्तरका खाद्य प्रयोगशाला तथा काठमाडौँमा केन्द्रीय खाद्य प्रयोगशाला स्थापना गरिएको छ । खाद्य ऐन २०२३ अनुसार खाद्यवस्तु गुणस्तरहीन देखिएमा रु. ५० हजार जरिवाना वा पाँच वर्ष कैद तथा दुवै जरिवाना गर्नेसक्ने व्यवस्था छ ।

नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले जिल्लामा रहेका दुग्ध चिस्यान केन्द्र तथा दूध सङ्कलन केन्द्रको अनुगमन थालेको छ । अनुगमनका क्रममा दूधमा केमिकल मिसाइएको पाइएमा कारवाहीका लागि सिफारिस गर्ने बताइन्छ । झापा, जेठ ८। दूधमा मानिसले खाने सोडा तथा साबुन बनाउन प्रयोग हुने काष्टिक सोडा (जसले दूध जम्न र फाट्न दिँदैन), चिनी र पीठोलगायतका वस्तु मिसाउने गरेको जनगुनासो बढेको छ ।

दूधमा केमिकल नमिसाउन तथा प्लाष्टिकका भाँडामा दूध बोक्न तथा भण्डारण नगर्न नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सचेत गराएको छ । दूध तथा दूग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ अनुसार प्लाष्टिकका भाँडामा दूध बोक्न तथा भण्डारण गर्न पाइने छैन भने बासी दूध पनि बिक्री गर्न पाइने छैन । अब कृषकले बिहानको बिहानै र साँझको दूध साँझै बिक्री गर्नुपर्नेछ ।

काभ्रेपलाञ्चोकका केही व्यवसायीले दूध बोक्न तथा भण्डारण गर्न निर्देशिका अनुसारको स्टिल तथा आल्मुनियमका भाँडा प्रयोग गरिसकेका र केहीले भाँडा बनाउन दिएको बताइएको छ । निर्देशिका अनुसार अब कृषकले समेत प्लाष्टिकको भाँडोमा दूध बोक्न पाउने छैनन् । केही व्यवसायीले स्टिल तथा आल्मुनियमका भाँडा बनाउन अनुदान मागेकाले सोसम्बन्धी केन्द्रीय कार्यालयमा छलफल भइरहेको छ ।

वासी दूध तताउँदा दूधको एसिडिटी बढ्ने र उक्त दूध सेवन गर्दा मानव स्वास्थ्यमा असर पर्ने बताइएको छ । बासी दूध नजमोस् र नफाटोस् भन्नका लागि दूधमा काष्टिङ सोडा, चिनी र पीठो प्रयोग गरिएको हुन्छ । काभ्रेका केही व्यवसायीले दूध बोक्न तथा भण्डारण गर्न पुरानै विधि अपनाउने भन्दै अटेर गरेको बताइन्छ ।

खाद्य पदार्थमा समस्या थपिँदै गएपछि प्रभावकारी अनुगमन गरी नियमन गर्न मुलुकको नयाँ संरचना अनुसार २४ स्थानमा डिभिजन कार्यालय स्थापना गरिएको बताइएको छ । विराटनगर, जनकपुर, हेटौँडा, भैरहवा, नेपालगञ्ज र धनगढीमा क्षेत्रीयस्तरका खाद्य प्रयोगशाला तथा काठमाडौँमा केन्द्रीय खाद्य प्रयोगशाला स्थापना गरिएको छ । खाद्य ऐन २०२३ अनुसार खाद्यवस्तु गुणस्तरहीन देखिएमा रु. ५० हजार जरिवाना वा पाँच वर्ष कैद तथा दुवै जरिवाना गर्नेसक्ने व्यवस्था छ ।

नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले जिल्लामा रहेका दुग्ध चिस्यान केन्द्र तथा दूध सङ्कलन केन्द्रको अनुगमन थालेको छ । अनुगमनका क्रममा दूधमा केमिकल मिसाइएको पाइएमा कारवाहीका लागि सिफारिस गर्ने बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here